मलेसियामा एक नेपालीको सुतेकै अवस्थामा मृत्यु
क्वालालम्पुर,२७ चैत-मलेसियामा एक नेपालीको सुतेकै अवस्थामा ज्यान गएको छ । भिमपुर सप्तरी घर भई इपो पेराकमा रहेको सेकेवा प्लाष्टिक कम्पनीमा कार्यरत २१ वषिर्य फुलकुमार रामको सुतेकै अवस्थामा ज्यान गएको हो ।
शुक्रवार विहान करिव साढे ११ वजेतिर वान्ता गरेका रामलाई साथीहरुले होस्टलमा ल्याएर सुताएका थिए । विस्तारमा सुताएर साथीहरु काममा गएका थिए । साझ पाँच वजेतिर कामवाट र्फकेर आई साथीहरुले हेर्दा उनको ओछ्यानमै ज्यान गएको थियो । साथीहरुले उनलाई अस्पतालसम्म पुरयाएका भएपनि पहिले नै ज्यान गैसकेको थियो ।
नौ महिना अगाडि मात्रै रोजगारीको सिलसिलमा उनी मलेसिया आएका थिए । शवलाई पोष्टमार्टमपश्चात नेपाल पठाउने तयारी भैरहेको छ।
स्रोत :अनलाइनखबर
