संसद् चलिरहेकाबेला नाङ्गो तस्बिर??
काठमाडौं, वैशाख ७ - थाइल्याण्डको संसद् चलिरहेकाबेला नाङ्गो तस्बिर स्क्रिनमा देखिएको छ । जतिबेला संसदमा गम्भीर विषयमा बहस भइरहेको थियो ।
एक महिलाको अर्धनग्न क्लोजअप फोटो देखिएपछि संसद् बैठक नै रोकिएको थियो । बीबीसीका अनुसार संसद् बैठकमा संविधान संशोधनका विषयमा बहस भइरहेको थियो ।
संसद् स्क्रिनमा अर्धनग्न तस्बिर देखिएपछि एक सांसद्ले ध्यानाकर्षण गराएका थिए । यस प्रकरणबारे अनुसन्धान भइरहेको छ । तर सभामुखले हृयाकरले यस्तो गलत क्रियाकलाप हुन सक्ने अनुमान गरेका छन् ।
समाचार कांतिपुर दैनिक बाट

