|

सडक विस्तारमा छुट्टै लेन माग्दै साइकल र्‍याली हुने

काठमाडौं, चैत २३ - राजधानीलाई साइकल मैत्री बनाई दिगो सहरी व्यवस्थापनप्रति सरकारलाई दबाब दिन शुक्रबार 'बृहत् साइकल र्‍याली' हुने भएको छ। 

अहिलेको सडक विस्तारमा साइकल लेन पनि बनाउन माग गर्दै खुलामञ्चबाट सुरु हुने र्‍याली प्रदर्शनीमार्ग, अनामनगर, सिंहदरबार, हनुमानथान, सडक विभाग-बबरमहल, त्रिपुरेश्वर, काठमाडौं महानगरपालिका हँुदै बसन्तपुरमा गएर टुंुगिने आयोजक काठमाडौं साइकल सिटी २०२० ले जनाएको छ। 

आधा दर्जनभन्दा बढी संघसंस्थाको सहभागितामा हुन लागेको र्‍यालीमा सयौंले सहभागिता जनाउने आयोजकको दाबी छ।
'सन् २०२० सम्ममा काठमाडौंलाई साइकल मैत्री बनाउन साइकल लेन अत्यावश्यक छ,' आयोजक साइकल सिटीका सभापति शैल श्रेष्ठले भने, 'र्‍यालीपछि महानगरीय ट्राफिक प्रहरी महाशाखा, सडक विभाग, महानगरपालिका, भौतिक योजना तथा निर्माण मन्त्रालय, सहरी विकास विभाग लगायतलाई समेत साइकल ट्र्याक निर्माणका लागि ज्ञापन पत्र बुझाउँछौं।' 
र्‍यालीका क्रममा चन्दा संकलन गरी साइकल किनेर प्रधानमन्त्री बाबुराम भट्टराईलाई ज्ञापन पत्रसहित उपहार दिने उनीहरूको योजना छ। 'विकासका काम अघि बढाउँदा साइकल लेनको पनि सम्झना होस् भनेर यसो गर्न लागेका हौं,' श्रेष्ठले भने।
स्रोत :नागरिक न्यूज 

Posted by Butwalonline on 7:59 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "सडक विस्तारमा छुट्टै लेन माग्दै साइकल र्‍याली हुने"

Leave a reply