दुई वर्षमा मोबाइलबाट इन्टरनेट चलाउने आठ गुणाले बढे
काठमाडौ, फाल्गुन २९ -मोबाइलबाट इन्टरनेट (जिपिआरएस) चलाउनेको संख्या दुई वर्षको अवधिमा उच्च दरले बढेको छ । यस अवधिमा मोबाइल प्रयोगकर्ताको संख्यामा भएको उच्च वृद्धिका कारण जिपिआरएस चलाउनेको संख्यामा पनि उल्लेख्य वृद्धि भएको हो ।
यस्तै जिपिआरएस शुल्कमा आएको कटौती, मोबाइल सेटको घटेको मूल्य, बढ्दो प्रतिस्पर्धाका साथै सामाजिक सञ्जालप्रति बढेको युवा रुचिले पनि जिपिआरएस चलाउनेको संख्यामा बढाउन सघाएको छ ।
नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणका अनुसार दुई वर्षअघि (२०६६ पुस) सम्म ५ लाख जिपिआरएस प्रयोगकर्ता थिए । गत पुसमा ३७ लाख २० हजार पुगेको छ । यो वृद्धि निरन्तर कायम छ । तर जिपिआरएस चलाउनेको संख्या कुल मोबाइल प्रयोगकर्ताको संख्याभन्दा धेरै कम हो ।
हाल नेपालमा १ करोड ३६ लाख मोबाइल प्रयोगकर्ता छन् । नेपालका डाटा -इन्टरनेट) प्रयोगकर्तामा सबैभन्दा बढी हिस्सा पनि जिपिआरएस प्रयोगकर्ता रहेको छ । प्राधिकरणका अनुसार इन्टरनेट प्रयोगकर्ताको कुल संख्यामा जिपिआरएको हिस्सा ९२ प्रतिशत छ ।पुसमा प्राधिकरणद्वारा प्रकाशित तथ्यांक अनुसार इन्टरनेट प्रयोगकर्ताको संख्या ४० लाख ४७ हजार छ । इन्टरनेट घनत्व १५ दशमलव २० प्रतिशत छ ।मोबाइल लिएपछि त्यसैबाट इन्टरनेट चलाउन मिल्ने भएकाले यसको विस्तार उच्च भएको हो । यस अवधिमा केबल इन्टरनेट र अन्य प्रकारका वायरलेस इन्टरनेट सेवाको विस्तार भने सुस्त रहेको प्राधिकरणले जनाएको छ ।नेपाल टेलिकम र एनसेलबीच भएको प्रतिस्पर्धाका कारण कम्पनीहरू भ्यालु एडेड सर्भिस दिने होडमा लागेकाले पनि जिपिआरएसको विस्तार व्यापक भएको हो ।
स्रोत :कान्तिपुर

Posted by Butwalonline
on 4:27 AM. Filed under
Technology
.
You can follow any responses to this entry through the RSS 2.0.
Feel free to leave a response