पत्रकार महासंघको स्थापना दिवस पाल्पामा पनि मनाइयो

पाल्पा, चैत्र १६, नेपाल पत्रकार महासंघले आफ््नो ५७ औं स्थापना दिवसका अवसरमा बिहीबार पाल्पामा प्रभातफेरी कार्यक्रम गरेको छ ।
महासंघको पाल्पा शाखाले तानसेन शिल्खान टोल स्थित कार्यालयबाट ¥याली निकालेको थियो । ¥याली तानसेन बजार परिक्रमा पश्चात विशालबजारमा कोण शभामा परिणत भयो । कार्यक्रममा प्रेस स्वतन्त्रता सेनानी मेघराज शर्माले शान्ति र संविधानमा दलहरुलाई एकबद्ध भएर लाग्न आग्रह गरे । प्रेसले लोकतन्त्र स्थापनाका लागि खेलेको भुमिका गर्व गर्न लायक रहेको भन्दै शान्ति र संविधानकालागि योगदान गर्न संचारकर्मी र संचारसंस्थालाई शर्माले आव्हानगरे ।
शाखा सभापति भगवान भण्डारीले संविधान सभा सरकार र दलहरुले शान्ति र संविधानमा केन्द्रित हुनुपर्ने बताए । ‘सबै काम थाँती राखेर शान्ति र संविधानमा जोड देउ’ उनले भने ‘जनतालाई गरेको बचा पुरा गर नत्र जनताले छाड्ने छैनन् ।’ उपाध्यक्ष राजेशकुमार अर्याल सचिव रेखीराम रानाले स्थापना दिवसको शुभकामना व्यक्त गरे ।
शाखा सल्लाहकार समेत रहेका स्वतन्त्रता सेनानी शर्माले पत्रकारले अरुलाई औंला उठाउनेले आफूपनि विचार पु¥याएर कार्य गर्नुपर्ने बताए । महासंघ स्थापना दिवसका अवसरमा देशभरका सबै शाखाहरुमा विभिन्न कार्यक्रमहरु सम्पन्न भएको हाम्रा प्रतिनिधिहरुले जनाएकाछन् ।
