दशओटा जहाज ल्याउँछौं पर्यटनमन्त्री
काठमाडौ, १६ चैत । पर्यटन तथा नागरिक उड्ययन मन्त्री लोकेन्द्र विष्टले चिनबाट ५ बटा टुईनेटर र ३ बटा एम १६ जहाज सहित सरकारले थप दुई वटा न्यारो बडीको जहाज ल्याउने तयारी भईरहेको खुलासा गरेका छन् ।
स्रोतः नेपाल समाचारपत्र
रिपोर्टर्स क्लब नेपालले विहीबार आयोजना गरेको साक्षात्कारमा मन्त्री विष्टले चिनबाट ८ वटा जहाज ल्याउने प्रक्रिया धेरै अगाडि बढीसकेको भन्दै नेपालमा पर्यटनको प्रर्वद्धनकोलागी क्षेत्रीय स्तरमा उडान थप दुई वटा न्यरो बडि जहाज ल्याउने तयारी समेत भईसकेको बताए ।
साक्षात्कारमा न्यारो बडीको दुई जहाज ल्याएको छ महिनाभित्रमा थप दुई वटा वाईड बडिको जहाज ल्याउने तयारी पनि सरकारले गरिरहेको जानकारी दिए । उनले सन् २००९ को मुल्यमै एयरबसले दुई जहाज दिने बताए पनि लेखासमिति सहितका निकायहरुले पुन प्रक्रिया सुरु गर्न भनेकोले सरकारले विचको बाटो खोजी रहेको बताए ।
त्यसको साथै पोखरा र भैरहवा विमानस्थललाई क्षेत्रीय अन्तर्राष्ट्रिय स्तरको विमान स्थल बनाउने, बारामा दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्ने र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आन्तरिक विमान स्थल छुट्याउने विषयमा सर्वे सहितका कामहरु भईरहेको उनले जानकारी दिए ।