अफगानीको लासमा पिसाव गर्ने अमेरिकी सैनिकलाई कारवाही हुने
काठमाडौ, पुस २८ - अमेरिकी रक्षामन्त्री लियोन पेनट्टाले अफगानी लडाकुको लासमा पिसाव गर्ने सैनिकलाई कारवाही गर्न निर्देशन दिएका छन् । उनले उक्त घट्नालाई दु:खद भनेको छ । अफ्गानिस्तानमा खटिएका अमेरिकी सैनिकले मारिएका लडाकुको लाशमा पिसाव गरेको भिडियो बिहीबार सार्वजनिक भएको थियो ।
'यस कार्यमा सलग्नहरुलाई पूर्ण रुपले उत्तरदायी बनाइने छ' उनको भनाई बीबीसीले उदृत गरेको छ । भिडियोमा चार जना सैनिकले तीन वटा लास माथी पिसाव गरेको दृष्य देखाइएको छ । भिडियो कस्ले कुन उद्देश्यबाट अनलाइनमा सार्वजनिक गरेको भन्ने थाहा हुन नसकेको जनाइएको छ ।
रक्षा मन्त्री पेनट्टाले आफुले उक्त भिडियो हेरेको उल्लेख गर्दै अफगानिस्तानमा अमेरिकी सेना र नेटो सेनाका कमाण्डर जनरल जोहन अलेनलाई अनुसन्धानका लागि निर्देशन दिएको बिज्ञप्ती जारी गरी जानकारी दिएका छन् ।
'यो ब्यवहार ज्यादै दु:खदायी छ, अमेरिकी सेनाको सदस्यहरुका लागि यो पूर्ण रुपले अनुचित हो' उनले भनेका छन् ।
स्रोत :कान्तिपुर

Posted by Butwalonline
on 2:39 AM. Filed under
News,
World News
.
You can follow any responses to this entry through the RSS 2.0.
Feel free to leave a response