|

रुढीवादी प्रचलनले महिनावारी भएकी एक महिलाको मृत्यु

अछाम, माघ ४ -  बाराला-६ कि ४३ बषिर्या मुनादेवी शाहीको छाउपडी गोठमा सोमबार मृत्यु भएको छ । जाडोबाट जोगिन झ्याल ढोका बन्द गरेका उनको गोठमा अक्सिजनको कमिले मृत्यु भएको प्रहरीले बतायो ।

महिनावारी भएपछि शाही छाउपडि गोठमा बसेकी थिइन । विहानसम्म पनि नउठेपछि घरका सदस्य र छिमेकीले गोठमा पुगेर हेर्दा उनी मृत भेटिएको जिल्ला प्रशासन कार्यालय अछामले जनायो । अछामका निमित्त प्रमुख जिल्ला अधिकारी राजकुमार अधिकारीले भने, 'स्थलगत बुझदा गोठमा अक्सिजन अभावले गर्दा उनको मृत्यु भएको रहेछ । '

प्रहरी नायव उपरिक्षक शुसिलसिंह राठौरले पनि यसको पुष्टि गरेका छन् । उनले भने 'घटनास्थल पुगेको हाम्रो टोलीले पनि स्थलगत अध्ययन गर्दा अक्सिजनकै अभावले मृत्यु भएको प्रतिवेदन दिएको छ ।

अछाम जिल्लामा महिनावारी भएपछि महिलाहरु देवता लाग्ने डरले घर भन्दा टाढाको छाउपडी गोठमा सातासम्म बस्नु पर्ने रुढीवादी प्रचलन अझै हटेको छैन । महिला विकास कार्यालय अछामको छाउपडी सम्वन्धी कार्यक्रमकी फोकल पर्सन आशा शाहीका अनुसार महिनावारी भएर गोठमा बस्ने महिलालाइ सात दिनसम्म दुध, दही खान र बस्तुभाउ, रुख वोट विरुवा छुन समेत दिइदैन ।
                                                                                                                                           स्रोत :कान्तिपुर 

Posted by Butwalonline on 12:26 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "रुढीवादी प्रचलनले महिनावारी भएकी एक महिलाको मृत्यु"

Leave a reply