९० प्रतिशत नेपालीले मात्र आयोडीन युक्त नुनुको प्रयोग गर्दछन्
हेमराज भट्ट,बाँके ,माघ ३ - नेपाली जनताले बढि मात्रामा आयोडिन युक्त नुनको प्रयोग गर्छन भनेर दावि गरेको भएपनि ग्रामीण भेगमा भने अझै पनि व्यापक रुपमा ढिके नुनको प्रयोग हुदै आएको पाईन्छ ।
नेपाल सरकारको तथ्याङ्कलाई हेर्ने हो भने नेपालमा औसत रुपमा ९० प्रतिशत नेपालीले आयोडीन युक्त नुनुको प्रयोग गर्दछन् तर नेपालका केही प्रमुख शहरहरु तथा शिक्षीत परिवार बाहेक अरु ठााएमा अझै पनि यसको चेतना बाट जनताहरु टाढा रहेको पाईन्छ ।
साल्टट्रेडीङ्ग कर्पोरेसन लिमिटेड अञ्चल कार्यालय नेपालगन्जका अनुसार मध्य पश्चिमाञ्चलमा ८० देखि ९० प्रतिशतको हाराहारीमा यो नुनको प्रयोग गरेको तथ्याङ्क भेटीएको छ तर यसको ठ्याक्कै तथ्याङ्क भने छैन । तर पनि कर्णली क्षेत्र त टाढाको कुरा मध्यपश्चिमाञ्चलकै सुगम जिल्ला सुर्खेतको घोरेटा गाविसको सम्झना बजारमा आयोडिन नुन भन्दा निकै बढि मात्रामा ढिके नुनको बिक्री हुने पसलेहरु बताउछन् । सल्लीबजार जाजरकोट सडक खण्डको बिचमा पर्ने सो ठााउका पसलहरुको बाहीर सयौ ढिके नुनका बोराहरु राखेको देख्न सकिन्छ ।
प्याकेटको नुन भन्दा केही सस्तो पर्ने र नुनीलो बढि हुने भएकाले ढिके नुनको प्रयोग गर्ने गरेको स्थानीयहरुको भनाई रहेको थियो । तर सोही ठााउका केही सर्वसाधारणहरु भने पहिले देखि प्रयोग गर्दै आएको र प्याकेटको नुनको महत्व र प्रयोगका बारेमा जानकारी नभएका कारण र सर्वसुलभ रुपमा पाईने भएकाले यसको प्रयोग बढि भईरहेको बताईन्छ । सरकारले धेरै मात्रामा प्रचार प्रसार गरेको भने पनि आफुहरुलाई यसबारेमा त्यती जानकारी नभएको उनीहरुको भनाई थियो ।
अहिले व्यापारीहरुले आफ्नो व्यक्तिगत फाईदाको लागी भारतबाट ढिके नुन भित्र्याएर बिक्रि वितरण गर्दे आएका छन् । यसरी सरकारले अबैधानीक रुपमा भित्रीदै आएको ढिके नुनको आयातमा निगरानी राखी प्याकेटको नुनको सर्वसुलभता बढाउनु पर्ने
देखिन्छ ।