अमेरिकामा एक नेपालीको गोली हानी हत्या( भिडियो सहित )
काठमाडौं, पुस २७- एट्लान्टास्थित डेकाटुरको ग्यास स्टेशनमा कार्यरत दामोदर पाठकको गोली हानी हत्या भएको छ। ड्युटीमा रहेका पाठकमाथि रातको समयमा नजिकैबाट प्रहार गरेको गोली छाती र पेटमा लागेपछि उनलाई तत्काल अस्पताल पुर्याइएको थियो। ग्रेडी मेमोरियल अस्पताल भर्ना गरिएका पाठकलाई चिकित्सकले बचाउन सकेनन्।
९ जनवरीको राति गोली प्रहार हुँदाको दृश्य स्टेशनको सीसीटिभीले रेकर्ड गरेको छ। रेकर्डअनुसार पाठकमाथि गोली चलाउने व्यक्ति कालो रंगको देखिएको छ। ग्राहकको भेसमा आएको व्यक्तिले केहीबेर भनाभन गरेपछि गोली प्रहार गरि हिँडेको देखिन्छ। हत्या हुनु केही क्षण अघि मात्र पाठक दुई तीन पटक स्टोरबाट बाहिर भित्र गरेको देखिएको छ। पाठक काउन्टर भित्रै रहेको भए बुलेटप्रुफ सिसाको कारण गोलीबाट बाँच्न सक्ने स्थिति रहन्थ्यो।गोली प्रहार हुँदा स्टेशनमै काम गर्ने स्टाफ जोसेफ स्टोर भित्रै काम गरिरहेका थिए। जोसेफले नै पुलिसलाई खबर गरेका थिए। घाइते पाठकलाई पुलिसले तत्काल अस्पताल पुर्याएको थियो।
हत्या गरिएका पाठक परिवार ललितपुरमा बसोबास गर्छन। १३ वर्षीय छोरी र ११ वर्षीय छोराका पिता दामोदर सन् २००७ मा अमेरिका पुगेका थिए। दुई वर्षदेखि उनी कृष्ण देवकोटा मालिक रहेको डेकाटुरस्थित सोही ग्यास स्टेशनमा काम गर्दै आएका थिए। नेप्लिज एसोसिएसन अफ जर्जियाका वरिष्ठ उपाध्यक्ष समेत रहेका देवकोटाले पाठकको शव नेपाल पठाउने बारे परिवारसँग सम्पर्क गरिरहेको जानकारी दिए। पाठकको शव हाल ग्रेडी मेमोरियल अस्पतालमा राखिएको छ।स्थानीय प्रहरीले अपराधीको खोजी गरिरहेको भए पनि कोही पक्राउ पर्न सकेका छैनन्।
भिडियो हेर्नुहोस :
स्रोत :नागरिक न्यूज