सीमावर्ती नेपाली एफएम रेडियोप्रति भारतको आपत्ति
काठमाडौं, माघ ४-नेपाली सीमानजिकका केही एफएम रेडियोले भारतलाई लक्षित गरी नकारात्मक प्रभाव पार्ने कार्यक्रम प्रसारण गरेको जनाउँदै त्यस्ता रेडियोलाई नियन्त्रण गर्न भारतले आग्रह गरेको छ। नेपाल-भारत गृहसचिवस्तरीय सुरक्षा बैठकमा नेपाली पक्षले प्रोपोगान्डा गर्ने रेडियोलाई कारबाही गर्ने कानुनी संयन्त्र रहेको बतायो।
मंगलबार ३० बुँदे संयुक्त विज्ञप्ति जारी गर्दै नयाँदिल्लीमा सम्पन्न बैठकले धार्मिक अतिवादीसमूहको आतंकवादी समूहसँग सम्बन्ध हुनसक्ने आँकलनसमेत गरेको छ।गृहसचिव सुशीलजंगबहादुर राणा र भारतीय समकक्षी आरके सिंहले नेतृत्व गरेको बैठकमा सीमा सुरक्षा, नक्कली नोट कारोबार, मानवतस्करी, सहमति तथा सन्धि, व्यापार, तालिम तथा क्षमता अभिवृद्धिलगायत विषयमा छलपल भएको थियो।'नेपाल-भारत सीमामा बढ्दो धार्मिक अतिवादी समूहको गतिविधि र उनीहरुको आतंकवादीसँगको सम्भावित सम्पर्कप्रति दुवै देशले चिन्ता व्यक्त गरे,' संयुक्त विज्ञप्तिमा छ, 'यस्तो अवस्थामा दुवै देशमा रहेका सम्बन्धीत संस्थाले अझ बढी सहकार्य, सहयोग र सूचना आदान-प्रदान गर्न अवश्यक छ।'बैठकमा दुवै पक्षले 'बोर्डर डिस्ट्रिक्ट कोअर्डिनसन कमिटी' (बिडिसिसी) को बैठक कम्तीमा द्विवार्षिक रुपमा गर्ने सहमति गरेको विज्ञप्तिमा जनाइएको छ। सीमा क्षेत्रमा सक्रिय अपराधीले दुवैतर्फका सिमकार्ड दुरुपयोग गरेकोमा दुवै पक्षको चिन्ता थियो। भारतीय पक्षले सीमानजिकका केही एफएम रेडियोले भारतलाई लक्षित गरी नकारात्मक प्रभाव पार्ने कार्यक्रम प्रसारण गरेको जनाउँदै त्यस्ता रेडियोलाई नियन्त्रण गर्न आग्रह गरेको थियो। जवाफमा नेपाली पक्षले प्रोपोगान्डा गर्ने रेडियोलाई कारबाही गर्ने कानुनी संयन्त्र सक्रिय रहेको बताएको थियो।
नेपाली पक्षले अन्तरसीमा अपराध, लागूपदार्थ ओसारपसार, साना हतियारको खरिदबिक्री, मानवतस्करी, नक्कली रुपैयाँ कारोबार, सीमापार अपराधी लुक्नेलगायत विषय उठाएको थियो। भारत हुँदै खाडी राष्ट्र जाने नेपाली कामदारको कागजपत्र कडाइसाथ जाँच गर्न पनि नेपाली पक्षले भारतसँग आग्रह गरेको थियो।
साइबर अपराध, विधिविज्ञान प्रयोगशालालगायत क्षेत्रमा कार्यरत नेपालका प्रहरीलाई भारतले क्षमता अभिवृद्धि तालिम दिने सहमति जनाएको विज्ञप्तिमा उल्लेख छ।
स्रोत :नागरिक