बालकलाई अपहरण गर्ने चारजनालाई जनही १७ वर्ष कैद
कपिलवस्तु,२०पुस । एक वर्ष अघि कपिलवस्तुको चनईबाट बालक अपहरण गरी फिरौती रकम माग गर्ने क्रममा पक्राउ परेका ४ जना अपहरणकारीलाई जिल्ला अदालत कपिलवस्तुले १७ वर्ष जेल सजाय र जनही १ लाख ५० हजार रुपैया जरिवाना सजायको फैसला सुनाएको छ ।
जेल सजाय हुने हरुमा बालक कपिलवस्तु चनई गाविस ५ का राजु केसी, प्युठान पुजा गाविस ४ का नेगन केसी, गुल्मी भुर्वु∙ ८ का प्रकाश पौडेल र गुल्मी पुर्कोटदह ६ का कृष्ण थापा रहेका छन् । अपहरणकारीहरुले गत वर्ष २०६७ पौष ४ गते कपिलवस्तुको चनई गाविस ५ का ५ वर्षीय बालक दिपेन्द्र जिसीलाई घरआंगनमा खेलिरहेको बेला अपरहण गरी लगेका थिए । अपहरणको ४ दिन पछि बालक दिपेन्द्रलाई प्रहरीले अर्घाखांचीको ठाडा गाविस वडा नं. ५ को जंगलबाट शकुसल उद्धार गरेको थियो ।