रेडियो ध्रुवतारा आजबाट तेस्रो वर्षमा प्रवेश
दैलेख,पुस ६-धु्रवतारा संचार सहकारि सस्थां द्धारा संचालित दैलेखको सबैभन्दा बढी क्षमताको रेडियो ध्रुवतारा एफ एम आज बाट तेस्रो वर्षमा प्रवेश गरेको छ । सुचना, शिक्षा र मनोरञ्जनको संगम पश्चिम नेपालको आवाज भन्ने मुल नाराका साथ संचालित रेडियोले सुचना ,शिक्षा र मनोरन्जनात्मक कार्यक्रमहरु संचालन गर्दै आएको कार्यक्रम संयोजक कृष्ण आचार्यले जानकारी दिनुभयो । यसैबिच बार्षीक उत्सबको सामुदकयिक रेडियो प्रसारक संघका अध्यक्ष मिन वहादुर शाहीले उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।रेडिया वि सं २०६६ साल पौष ६ गते स्थापना भयको थियो ।।साथै रेडियो ध्रुवतारा आज देखीनै www.dtfm.org लगअन गरेर विश्व भर सुन्न सकिने छ ।