|

स्याङजा सहयोग समाज युएईले पहिलो वार्षिक उत्सव मनाउने तयारी

गिता मणी पाण्डे युएई दुवई,पुस ६ -स्याङजा जिल्लावाट युएईमा आएका स्याङजावासिको स्याङजा सहयोग समाजले विभिन्न कार्यक्रमका साथ चियापान तथा लोकल कलाकारको प्रस्तुति सहित पहिलो वार्षिकउत्सव यहि आउदो जनावरि ६ तारिक मनाउने भएको छ ।

गत वर्ष चन्द्र रोक्काको सभापतित्वमा मा गठित यस संस्थाले अधिवेसन गरिसकेको र युएईमा रहेका सवै ठाऊहरुमा क्षेत्रिय कमिटिहरु गठन गरि संस्थालाई मजवुत वनाईसकेको छ भने वांकि ठाऊमा विस्तार गर्दै जाने लक्ष्य रहेको र समाज सेवाको भावनालाई आत्मसाथ गरि समाजलाई आर्थिक उन्नति र युएईमा भै परि आएका सवै उद्दारका तथा सामाजिक कार्यमा सहयोग गरिने अरु देशमा रहेमा स्याङजा सहयोग समाजहरु युएईमा रहेका सवै संघ संस्था सित समेत समन्वय गरेर संस्थालाई अगाडि वढाउने कुराको जानकारि यसै समाजका सचिव राजु पाण्डेले जानकारि गराएका थिए ।

स्याङजा सहयोग समाजले अधिवेसन गरि भुपति न्यौपानेको अध्यक्षतामा २१ सदस्यिय कमेटि गठन गरि सकेको छ । जसमा युएईमा रहेका स्याङजावासिलाई समाजको सदस्यता लिएर समाजमा गोल वन्द हुन पनि आग्रह गरेको छ । यस समाजले १ वर्ष पुगेको उपलक्ष्यमा मनाउन लागेको उक्त वार्षिकउत्सवमा सम्पुर्ण संघ संस्था प्रतिनिधि तथा स्याङजा सहयोग समाजका सम्पुर्ण पदाधिकारिहरु सदस्यहरु उपस्थिती भएर कार्यक्रम लाई हौसला वढाईदिनु हुन हामि स्याङजा सहयोग समाजले आशा गरेको छ । सवैलाई पत्र पठाईसकिएको र जसले थाहा नपाएको भए पनि यसै खवरलाई आदिकारिक मानि उपस्थित हुन पनि अनुरोध गरेको छ । 

Posted by Butwalonline on 7:40 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "स्याङजा सहयोग समाज युएईले पहिलो वार्षिक उत्सव मनाउने तयारी"

Leave a reply