सभासदले आफुले पाएको तलब भत्ताको सबै रकम सामाजिक बिकासमा
नवलपरासी, मंसिर २४ - सभासद एव उद्योगपति विनोद चौधरीले नवलपरासीको दुई पहाडी गाविसमा पहिलोपटक तार रहित ईन्टरनेट सेवा पुर्याउने भएका छन् । दुर्गममा तार रहित ईन्टरनेट सेवाका प्रयोगकर्ता महाविर पुनको प्राविधिक सहयोग र चौधरीको लगानीमा पहाडी अर्खला र बुलि·टार दुई महिना भित्र उक्त सेवाको शुरुवात हुने भएको छ ।
दुम्कौली स्थित चौधरी उद्योग ग्राममा त्यस सम्बन्धि सेवाकालागि महाविर पुन र सभासद चौधरीले हस्ताक्षर गरेका छन् । पुनको प्राविधिक सहयोग र चौधरीको आर्थिक सहयोग बाट पहाडका दुई गाविसका ५ वटा बिद्यालयमा तार रहित ईन्टरनेट सेवा प्रदान गरिने संझौता पत्रमा उल्लेख गरिएको छ ।
चौधरी ग्रुपका अध्यक्ष समेत रहेका सभासद चौधरीले आफुले तीन वर्षको अवधीमा संविधान सभा सदस्य वापत पाएको तलब भत्ताको सबै रकम नवलपरासीको सामाजिक बिकासमा खर्च गरेका छन् । उनले तिनवर्षमा आफुले पाएको सांसद विकास कोषको ३० लाख रुपैया पनि नवलपरासीका विभिन्न विकास निमार्णमा खर्च गरेका छन् । उनले नवलपरासीको एकिकृत विकासकालागि आफनो पहलमा छुट्टै प्राबिधक र विज्ञहरुको समुह बनाएर बिगत ३ वर्षदेखि बिभिन्न कार्यहरु गर्दै आएका छन् ।
स्रोत :कान्तिपुर