यात्रु बस ठोक्किदा एक यात्रुको मृत्यु ३६ घाइते
नवलपरासी, मंसिर २४ - महेन्द्रराजमार्ग अन्तरगत नवलपरासीको डण्डामा शुक्रबार राति रोकिराखेको एक ट्रकमा दाङ्गवाट काठमाण्डौ तर्फ आउँदै गरेको यात्रु बस ठोक्किदा एक यात्रुको मृत्यु भएको छ भने अन्य ३६ यात्रु घाइते भएका छन् । उनीहरु मध्ये ७ जनाको स्थिति गम्भीर रहेको छ ।
जिल्ला ट्राफिक कार्यालय नवलपरासीका असई प्रेम श्रेष्ठका अनुसार दुर्घटनमा बस चालक रामु योगिका ६७ वर्षीय बुबा योगेश्वर योगीको उपचारकाक्रममा मृत्यु भएको हो ।
रोकिराखेको लु १ ख ४६०३ नम्बरको ट्रकमा ना ४ ख १८४९ नम्बरको यात्रु बस ठोक्किएको हो । ट्रकमा बस ठोक्किदा च्यापिएर बसका यात्रु घाइते भएका हुन् । उनीहरुको भरतपुरका बिभिन्न अस्पतनालमा उपचार भैरहेको छ । ट्रकबसमा जुधेर दुर्घटना भएपछि इलाका प्रहरी कार्यालय कावासोतीका डिएसपी मुकुन्द मरासीनीको टोलले घाइतेको उद्धार गरेर अस्पताल पुर्याएको हो । च्यापिएका यात्रु निकाल्न २ घण्टा भन्दा बढी समय लागेको थियो ।
स्रोत : कान्तिपुर