यौनको सुखानुभूति समाप्त हुँदै
काठमाडौ, पुस २ - यौनमा रुचि नराख्ने व्यक्ति विरलै हुन्छन् । अरूका अघिल्तिर यौन शब्द सुन्नासाथ शरम वा हेयको भाव देखाउनेहरूमध्ये धेरैजसो एकान्तमा त्यही शब्द सुन्न लालायित हुन्छन् । तर अचेल यौनको सुखानुभूति समाप्त हुँदै गइरहेको छ । अनुसन्धाताहरू यसै भन्छन् ।
जागिरेहरुले यौनलाई यथोचित समय दिन भ्याइरहेका छैनन् । कार्यालयमा बस्दाबस्दै उनीहरूबाट आयुसँगै यौनेच्छासमेत फुत्केर गइरहेको छ । एउटा सर्वेक्षणमा के पाइएको छ भने कामकाजी व्यक्तिहरूमध्ये ८० प्रतिशतको जीवनको लामो समय कार्यालयमा बस्दाबस्दै सकिन्छ र उनीहरू यौनबाट वञ्चित रहन्छन् ।
कार्यालयमा निरन्तर काम गर्नेहरुको यौनजीवन प्रभावित हुने विभिन्न अनुसन्धानले प्रस्ट पारेका छन् । त्यस अनुसार, धेरै समयसम्म एउटै ठाउँमा बसिराख्नाले ढाडको समस्या उत्पन्न हुन्छ । यसबाट थकान उत्पन्न हुन थाल्छ र यौनसम्पर्कमा संलग्न हुने इच्छा मर्दैमर्दै जान्छ । ढाडको हाडमा पर्ने दबाबले कसैको पनि यौनजीवनलाई प्रत्यक्ष प्रभावित गर्छ ।
अध्ययनमा के पनि पाइएको छ भने, विवाहित व्यक्तिहरू करिअरमा धेरै माथिल्लो स्थान प्राप्त गर्नका लागि लामो समयसम्म कुर्सीमा बसेर काम गर्छन् । यसले पनि अचेल धेरैजसो व्यक्तिहरुमा यौनेच्छा कम हुँदै गइरहेको छ । कुर्सीमा धेरै समय बस्नैपर्नेहरूले बेलाबेला उठेर जीउ तन्काउने गरे, कार्यालयमै सामान्य व्यायाम गर्ने गरे शरीरमा त्यति असर पर्न पाउँदैन ।
पुरुष किन सेक्सी देखिन्छन् ?
महिलाजस्तै पुरुषसमेत छालाको चमकका कारण सेक्सी र आकर्षक मानिन्छन् । जर्मनीको युनिभर्सिटी अफ गोटिनबर्गका अनुसन्धाताका अनुसार पिगमेन्ट -छालामा रंग प्रदान गर्ने वस्तु) को समान विस्तार भएको छाला बढी युवा देखिन्छ । रगतलाई रातो बनाउने हेमोग्लोबिनको कणले तपाईंलाई स्वस्थ र आकर्षक बनाउँछ ।
अध्ययन दलका प्रमुख बर्नहार्ड पिंक भन्छन्, 'स्वास्थ्य राम्रो हुनु र आकर्षक देखिनु मानवको सामाजिक पहिचानको मुख्य कारक हो । यसले कुनै व्यक्तिलाई जीवनसाथी बनाउनमा महत्त्वपूर्ण भूमिका खेल्छ । छालाले स्वास्थ्य आकर्षक/अनाकर्षक हुने प्रस्ट संकेत गर्छ ।'
साभार :कान्तिपुर