सेनामा मधेसीको समूहगत प्रवेश गराउने निर्णय विरुद्ध चुरेभावर आन्दोलनमा उत्रन
काठमाडौ, ६ पुष । चुरेभावर राष्ट्रिय एकता पार्टी नेपालले समावेशीकरणको सिद्धान्त विपरित एक जाती मधेसीलाई नेपाली सेनामा सामूहिक प्रवेश गराउने निर्णय विरुद्ध आन्दोलनमा उत्रन आब्हान गरेको छ ।
पार्टीका सभासद बद्री न्यौपाने र भूमिराज निरौलाले बुधवार विज्ञप्ति निकालेर मन्त्री परिषदले मंगलबार पारित गरेको नेपाली सेनालाइ समावेशी बनाउने सम्बन्धी नीतिपत्र तत्काल खारेज नगरे त्यस विरुद्ध आन्दोलनमा उत्रने चेतावनी पनि दिएको छ ।
चुरे भावरले विज्ञप्तिमा समावेशीकरण गर्नु पर्ने विषयमा सहमति भए पनि कुनै जात विशेषलाई समूहगत प्रवेश गराउने कुराले सुरक्षा फौजको पवित्रतामा घात पुग्ने र अन्य वर्गामाथि विभेद हुने दावी गरेको छ । उसले मधेसीको छुट्टै बटालियन बनाएर तीन हजार मधेसीलाई समूहगत प्रवेश गराउने कुरा कुनै पनि हालतमा मान्य नहुने र त्यस विरुद्ध सदन र सडकमा आन्दोलन गर्ने समेत चेतावनी दिएको छ ।