युथ युनिटी कप-२०११ फुटबलको तयारी पुरा
हेमराज भट्ट बाँके ,पुस ६ -भोली देखि बाँके को सैनिकमा सम्पन्न हुन लागेको Youth Unity Cup 2011 को तयारि पुरा भएको छ ।बाँके जिल्ला भरीका युवाहरुको छाता संगठन जिल्ला युवा क्लब सञ्जालको आयोजनामा हुनलागेको प्रतियोगिताको लागि बाँके जिल्ला भरीका युवा क्लब तथा युवा सस्थाहरुको गरि एक दर्जन बढि टिमहरु दर्ता भईसकेका छन् । बाँके का प्रमुख जिल्ला अधिकारी कृण चन्द्र घिमिरेले भोली कार्यक्रमको उद्घाटन गर्ने कार्यक्रम तय गरिएको छ । बाँकेको फुटबलका लागि अति नै उपयुक्त मानिएको राधापुरको मैटहवा उच्च माविको खेल मैदानमा हुने उद्घाटन कार्यक्रम दिउसो १२ बजे शुरु गरिने छ ।
प्रतियोगिताको उद्घाटनको क्रममा आयोजक संग संगै बाँकेका प्रमुख जिल्ला अधिकारी, विभिन्न संघ सस्थाका प्रतिनिधिहरु, प्रत्रकारहरु, जिल्ला भरी रहेका युवा क्लबहरुका प्रतिनिधिहरु स्थानीय युवा क्लबहरु तथा राधापुरवासिहरुको उपस्थितीमा भब्य रुपमा गरिने र त्यसको लागि सबैलाई आमन्त्रण गरिसकिएको छ । उद्घाटन पछि कार्यक्तमका प्रमुख अतिथितिले जिल्ला युवा क्लब सञ्जाल अर्थात आयोजक र खेलकुद पत्रकार मञ् च बाँकेको विचमा हुने सो मेचको उद्घाटन गरि विधिवत रुपमा प्रतियोगिताको शुरुवात हुनेछ ।
सात गतेका दिन प्रतियोगिताको कुनै पनि खेल हुने छैन सो मेच पश्चात पहिलो दिनको कार्यक्रम सकिनेछ भने पौष ८ गते बाट नकआउटको आधारमा प्रतियोगि टिमहरु बिचमा खेल शुरु हुने कार्यक्रम रहेको छ ।भोली हुने सो मेचका लागि आयोजक र खेलकुद पत्रकार मञ्च बाँकेको टिम तयारी अवस्थामा रहेको छ ।
जिल्ला भरीका युवाहरु बिचमा एकता कायम गर्ने उद्धेह्यले प्लान नेपालको सहयोगमा गर्न थालीएको सो प्रतियोगिता को स्थानीय आयोजन जय किसन स्र्पोट्स क्लब सैनिकले गरेको छ भने अन्य सहयोगिहरुमा टेलेको मोवाईल, लाभा मोवाईल, डिजिटल बोर्ड प्रिन्टर्स लगायतकाले गरेको छ भने प्रतियोगिताको प्रचार प्रसारका लागि रेडियो कृष्णसार, हिमाल एफ.एम. र दैनिक नेपालगन्जले मिडिया पार्टनरको रुपमा सहयोग गरेको छ ।
प्रतियोगीताबाट प्रथम हुने टिमले नगद रु १० हजार गोल्ड मेडलका साथमा अवार्ड पाउनेछ यसैगरी द्धितिय हुनेले नगद रु ५ हजार मेडल र अवार्ड पाउनेछ । यसैगरी कार्यक्रम अवधीभर उत्कृष्ट प्रदशन गर्ने एक जना खेलाडीलाई उत्कृष्ट खेलाडीको रुपमा मल्टीमिडिया मोवाईल सेट र अवार्ड दिईने छ भने कार्यक्रममा एम्पाईरिङ्ग, लाईनमेनको भुमिका निर्वाह गर्नेहरु लाई आयोजकको तर्फबाट मायाको चिनो प्रदान गरिने कार्यक्रम रहेको छ ।
बााके जिल्ला भरीका युवा क्लब तथा युवा सस्थाहरुलाई सहभागी गराएर बाँकेको सैनिकमा गर्न लागिएको फुटबल प्रतियोगिताबाट सैनिक बासिहरु निकै खुसि भएका छन् यो महिनानै सैनिकबासिका लागि फुटबलमय हुने भयो खुसि व्यक्त गर्दै सैनिकबासिहरुले आयोजक सबैलाई बधाई दिएका छन् । भने सम्पूर्ण बााके बासिहरुले कार्यक्रमको बारेमा सकारात्मक प्रतिकृया दिएका छन् । कार्यक्रमले बाँके जिल्लाको फुटबलको क्षेत्रमा केही हदसम्म क्रेज बढाउने फुटबल प्रेमिहरुको भनाई रहेको छ । यो प्रतियोगिता सबै बाँके बासिको भएकाले फुटवल मेच हेर्न र प्रतियोगितालाई सफल पार्न सबैको सहयोगको आयोजकले सबैमा अपिल गरेको छ ।