नेपाली सेनालाई समावेशी बनाउने नीतिपत्र १५ दिनभित्र खारेज नगरे विद्रोह गर्ने
काठमाडौ, ६ पुष । मन्त्री परिषदले मंगलबार पारित गरेको नेपाली सेनालाई समावेशी बनाउने सम्बन्धी नीति पत्र १५ दिनभित्र खारेज नगरे तराईका आदीबासी थारु समूदायले राज्य विरुद्ध विद्रो गर्ने अल्टिमेटम दिएका छन् ।
थारु तराई पार्टी नेपाल सहितका ६ वटा थारु जातीय संघ संगठनहरुले बुधवार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर तराईका आदिवासी थारुलाई मधेसी बनाउने षडयन्त्र भएको भन्दै नीति पत्र खारेजीको माग गरेका हुन ।
कार्यक्रममा थरुहट तराई पार्टी नेपालका अध्यक्ष लक्ष्मण थारुले १५ दिनभित्र नीति पत्र खारेज नभए राज्य विरुद्ध शसक्त विद्रो गर्ने चेतावनी दिदै भने–नीति पत्र खारेज नगरे हामि केही जान्दैनौ । कहा मधेसी र मधेस छ । तराईलाई कुनै पनि हालतमा मधेस बन्न दिदैनौ ।
उनले तराईको अखण्डताकोलागी आफूहरु जे गर्न पनि तयार रहेको स्पष्ट दिदै मधेसबादी दलहरु, सरकार र थारुको नाममा गद्दारी गर्ने उपप्रधान तथा गृहमन्त्री विजयकुमार गच्छदार विरुद्ध निर्णायक आन्दोलन गर्ने चेतावनी दिए।
उनले आन्दोलनको तयारीकैलागी पुष २३ र २४ गते नेपालगन्जमा थारु यूवाहरुको राष्ट्रिय सम्मेलन गरेर निर्णायक आन्दोलन सुरु गर्ने जानकारी दिए।
थारुले थारुहरुलाई हुादै नभएको मधेसी बनाएर पहिचान खोस्ने षडयन्त्र भएको भन्दै त्यसलाई कुनै पनि हालतमा नसहने चेतावनी दिए ।
उनले मधेसमा विदेशीलाई बसाउन नागरिकता विद्येयक संसोधन गर्ने तयारी भएको भन्दै कुनै पनि हालतमा त्यस्ते विद्येयक ल्याउन नदिने समेत स्पष्ट पारे ।