|

मङ्सिर २४ गते साँझ खग्रास चन्द्रग्रहण लाग्ने

काठमाडौँ,मङ्सिर २१- यही मङ्सिर २४ गते साँझ खग्रास चन्द्रग्रहण लाग्दैछ। उक्त चन्द्रग्रहण अरवियन महासागरबाट नेपाली समयअनुसार साँझ ६:३० बजे सुरु भइ प्रशान्त महासागरको मध्यभाग हुँदै उत्तर अमेरिकाको मेक्सिकोमा १०:३० बजे तिर अन्त्य हुनेछ।

चन्द्रग्रहणको अवधि करिब ५३ मिनेट रहने छ।यो नेपालको सबै भागबाट देख्न सकिन्छ  नेपालमा पूर्वबाट ६:३० बजे स्पर्श सुरु भई ८:१७ मा मध्य र १०:०३ बजे पश्चिम तिरबाट मोक्ष हुनेछ।

चन्द्रग्रहणलाई विना कुनै उपकरण सोझै अवलोकन गर्न सकिन्छ। चन्द्रग्रहण अवलोकन गर्दा वा चन्द्रग्रहण लागेको समयमा मानवमा यसको प्रतिकुल प्रभाव पर्ने कुनै पनि वैज्ञानिक आधार हालसम्म प्राप्त हुन नसकेको विज्ञप्तिमा जनाइएको छ। अर्को चद्रग्रहण २०६९ साल जेठ २२ गते लाग्नेछ। रासस
                                                                                                                                                                                  स्रोत :नागरिक न्युज 

Posted by Butwalonline on 6:24 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "मङ्सिर २४ गते साँझ खग्रास चन्द्रग्रहण लाग्ने"

Leave a reply