प्रचार पाउन सकेन पाल्पाको हात्तिलेकले
मुक्तिप्रसाद न्यौपाने
पुस १३, पाल्पा
अनेक संभावना भएर पनि प्रचार पाउन नसक्दा पुर्वी पाल्पाको रिङ्नेरह गाउ विकास समितीमा रहेको हात्तिलेक ओझेलमा परेको छ ।
जिल्ला सदरमुकाम तानसेन देखि करिव ४० किलोमीटर पुर्वमा पर्नै यो लेक पाल्पाको प्रमुख आरक्ष वन्नसक्ने स्थानीय वासिन्दा निलकण्ठ न्यौपाने वताउनुहुन्छ । यहा घोरल, मृग जरायो,वादर,खरायो लगायत विभिन्न प्रजातिका चराहरु प्रसस्त मात्रामा पाइन्छ भने दृश्यावलोकनकालागि पनि यो स्थान उपयुक्त छ किनभने यहावाट नारायणघाट, नवलपरासीका धेरै भुभागका साथै स्याङ्जा, तनहु, पुर्वी पाल्पाका धेरै ठाउहरुका अलावा जिल्लासदरमुकाम तानसेन पनि देख्न सकिन्छ । त्यसको साथै यो स्थानमा दुरवीनको प्रयोग गर्नै हो भने तराइ र हिमाली क्षेत्रको पनि स्पष्ट रुपमा अवलोकन संभव छ किनकी यो स्थान अग्लो ठाँउमा अवस्थित छ ।
यहा प्राकृतिक जडिवुटीहरु पनि पाइन्छन । पाखनवेद, तीते र हाडे लसुन, बाक्लोपाते लगायतका जरिवुटी र विभिन्न जंगली फलफुलको पनि यहा भण्डार छ । यहाको तीनजुरे गुफा सिद्धगुफा, भञ्ज्याङ्ग हात्तिलेक नजिक रहेका प्रसिद्ध स्थलहरु हुन । त्यसको अलावा यहा प्राकृतिक रुपमा प्रसस्त मात्रामा बनकसी (बाबियो ) खर पनि पाइन्छ । साथै यहा सिसाखानी,संगरमरमर , चुनढुङ्गा आदीको पनि खानी रहेको स्थानीय वासिन्दहरुको भनाइ छ ।
‘यहाको प्राकृतिक सुन्दरताको उपयोग हुन सकेको छैन’ रिङ्नेरह गाविसका पुर्व अध्यक्ष नारायण आचार्य भन्नुहुन्छ – ‘यदी यसलाइ उपयोग गर्न सक्नेहो भने यहा स्वदेशी तथा विदेशी पर्यटकको आवागमन वढाउन सकिन्छ । यो स्थानको वारेमा प्रचारप्रसार गर्नै हो भने पाल्पाको एक गन्तब्य स्थलका रुपमा विकसित गर्न सकिन्छ स्थानीय वासिन्दा निलकण्ठ न्यौपानेको थप भनाइ छ यहा रहेका प्राकृतिक सुन्दरताको उपयोग गरी सम्पदाको संरक्षण गर्नकालागि सडकको व्यवस्था मिलाउने , त्यहा भएका प्राकृतिक सम्पदाहरुलाइ व्यववस्थित गराउन सकेको खण्डमा यहाको सुन्दरतामा अझ वृद्धि हुने स्थानीयको भनाइ छ ।