आशा बनिन् मिस मगर लुम्बिनी
'नेपाल बहुभाषिक, बहुधार्मिक एवं बहुसांस्कृतिक मुलुक भएकाले आफू मगर भए पनि सबै भाषा तथा धर्म-संस्कृतिको उत्थान र विकासमा समान ढंगले योगदान गर्नेेछु,' भन्ने निणर्ायक प्रश्नको उत्तर दिएर २२ वषर्ीया आशा थापामगर मिस मगर लुम्बिनी-२०११ को विजेता बनिन्। हाटबजारलाइनस्थित कान्ति सभागृह हलमा विविध सांस्कृतिक प्रस्तुतिसँगै खचाखच दर्शकमाझ शनिबार राति अबेर सम्पन्न फाइनलमा ३० जना प्रतिस्पर्धीलाई पछि पार्दै शिक्षा संकायमा स्नातक दोस्रो वर्ष अध्ययनरत बुटवलकी आशाले विजेताको मुकुट हात पारेकी हुन्।
प्रतियोगिताको फाइनलमा सुनवलकी २१ वषर्ीया राधा श्रीसमगर फस्ट रनरअप तथा बुटवलकै २२ वषर्ीया नमिता थापामगर सेकन्ड रनर्सअप घोषित भए। यस्तै सुजाता आले मस्ट ब्युटिफुल एन्ड कल्चर, प्रतिमा थापा मस्ट पर्सनालिटी, भूमिका घर्ती बेस्ट मदरल्यान्ड ड्रेस, मिस्सी थापा मस्ट ट्यालेन्ट, सरिता श्रीस बेस्ट कन्पिmडेन्ट, अञ्जली दर्लामी बेस्ट फोटोजेनिक, करिश्मा राना मस्ट चार्मिङ, हेमा थापा मस्ट डिस्प्िलन, पवित्रा थापा बेस्ट हेयर, मीना आले बेस्ट वाक, निशा पुन बेस्ट टे्रनिङ तथा अमृता सारुले बेस्ट इन्टरप्लानिङको उपाधिमाथि कब्जा जमाए।
कार्यक्रममा गुल्मीको सोरठी र नचरी, पाल्पाको कौरा र झ्याउरे नृत्य, पोखराका हास्यकलाकार नीर आलेको क्यारिकेचर एवं भ्वाइस अफ भैरहवा स्वेच्छा ठकुरीको गायनले दर्शकलाई पर्याप्त मनोरञ्जन प्रदान गरेको थियो। मगर जातिको भाषा-संस्कृतिको उत्थानका साथै प्रतिभा प्रस्फुटन गर्नेे उद्देश्यले नेपाल मगर महिला संघ बुटवलको आयोजना तथा रिबर्थ इभेन्ट म्यानेजमेन्ट पोखराको व्यवस्थापनमा बुटवलमा पहिलो पटक आयोजित उक्त प्रतियोगितामा १५ देखि २३ वर्ष उमेरका ६० जना युवतीले भाग लिएकोमा अडिसन राउन्डबाट ३० जना छनोट भएका थिए। उनीहरूलाई कोरियोग्राफर सुरज थापाको एकमहिने प्रशिक्षणपछि फाइनल प्रतिस्पर्धामा उतारिएको थियो।
स्रोत :साप्ताहिक