सुन ब्यापारी हत्याका मुख्य योजनाकार पक्राउ
काठमाडौं, पुस ९- सुन व्यापारी हर्कबहादुर दियालीको हत्याका मुख्य योजनाकार रहेको अभियोगमा प्रहरीले शंकर घिसिङलाई पक्राउ गरेको छ। महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले घिसिङलाई पक्राउ गरेको हो। परिसर प्रमुख राजेन्द्र श्रेष्ठका अनुसार घिसिङ हत्याकाण्डका प्रमुख योजनाकार हुन्। उनको बयानबाट घटनामा संलग्न अन्य ४ जनाको नाम खुले पनि पक्राउ भने परेका छैनन्।
प्रहरीका अनुसार हत्यामा व्यापारीसँग पूर्व परिचित समूह संलग्न रहेको खुलेको छ। एसपी श्रेष्ठका अनुसार घिसिङ सुन पसलका नियमित ग्राहक हुन्। 'घिसिङ दियालीको पसलमा बेला बेला आएर सुन राखी पैसा लाने गरेको खुल्यो', एसपी श्रेष्ठले भने- 'अन्य व्यक्तिको विवरण खुलिसकेको छ। अहिले म घटनास्थलमै छु।' प्रहरीले हत्या संलग्नहरुको रगत लागेको ज्याकेट मोबाइल लगायतका सामग्री फेला परेको छ। पक्राउ अभियुक्त घिसिङले हत्यामा प्रयोग भएको पेस्तोल फालेर भागेको बयान दिएकाले अहिले प्रहरी पेस्तोलको खोजीमा छ।
कपनको मिलनचोकमा रहेको माता मनकामना सुनचाँदी पसलका सञ्चालक दियालीमाथि हिजो साँझ पसल बन्द गर्ने क्रममा गोली हानिएको थियो। आक्रमणकारीहरु पछिल्लो ढोका प्रयोग गरी पसलभित्र पुगेर सुन लुट्ने प्रयास गरेका थिए। सेफमा सबै गहनाहरु राखिएकाले उनीहरुले लुट्न भने पाएनन्। ढोकामै रहेका आक्रमणकारीलाई धकेलेर ढोका बन्द गर्ने प्रयास गर्दा दियालीमाथि गोली प्रहार भएको थियो। कञ्चटमा गोली लागि घाइते भएका उनको ओम अस्पतालमा उपचारको क्रममा क्रममा मृत्यु भएको थियो। आक्रमणकारीको प्रतिकार गर्दा घाइते भएका रोशन बिकको महाराजगञ्जस्थित शिक्षण अस्पतालमा उपचार भैरहेको छ।
केही साता अगाडिमात्र लुटेरा समूहले ललितपुरको गुण ज्यासः पसःका कामदार जुजुकाजी बज्राचार्यको हत्या गरेका थिए।
स्रोत:नागरिक न्युज