शिल्पा आमा बन्दै
मुम्बई (एजेन्सी), मंसिर २६ - फिल्म नपाएर लामो समयदेखि निराश रहेकी शिल्पा शेट्टीले खुसीको अर्को बहाना पाउने भएकी छन् । उनी चाँडै आमा बन्न लागेकी छन्, पहिलो पटक ।
आमा बन्नु जुनै पनि युवतीको पहिलो सपना हुन्छ । त्यसैले ३६ वर्षीया यी सुन्दरी केही दिनयता खुसीले ओतप्रोत छिन् । आफू दोजिया भएको घोषणा भारतीय मूलका बेलायती व्यवसायीकी यी पत्नी आफैंले गरेकी हुन् ।
'बच्चा जन्माउन मलाई निकै मन पर्छ । हामीसँग नयाँ राम्रो घर छ,' उनले भनेकी छन्, 'कम्तीमा दुई सन्तान त जन्माउछु नै ।' आउँदो बच्चाका लागि 'बेड रुम' अहिले नै तयार गरेको खुलाउन पनि उनले भुलिनन् । शिल्पा आमा कुन महिना हुनेछिन् भन्ने कुरो न उनले न उनका पति राज कुन्द्राले, कसैले पनि सार्वजनिक गरेका छैनन् ।
शिल्पा पहिलोचोटि आमा बन्न लागेकी भए पनि राजचाहिँ दोस्रोचोटि बुवा बन्न लागेका हुन् । पहिली पत्नीबाट उनकी एक छोरी छिन् ।
स्रोत :कान्तिपुर