मोटरसाइकलको ठक्करबाट बुटवलमा एक जनाको मृत्यु
बुटवल, पुस ७ - मोटरसाइकलको ठक्करबाट बुटवलमा बिहीबार बिहान एक जनाको मृत्यु भएको छ । बिहान करिब ६ बजे सिद्धार्थ राजमार्ग अन्तरगत बुटवलस्थित कालिकानगरमा लु ११ प ८ नम्बरको मोटरसाईकलको ठक्करबाट पैदल पुरुष यात्रीको मृत्यु भएको हो । करिब ५० वर्षे देखिने मृतकको सनाखत हुन नसकेको पश्चिम क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ । उनको उपचारका लागि लुम्बिनी अञ्चल अस्पताल लैजादै गर्दा मृत्यु भएको हो ।
स्रोत :कान्तिपुर
स्रोत :कान्तिपुर