|

साउदी अरेबियामा एक नेपालीलाई मृत्युदण्डको फैसला

दोहा(कतार), मंसिर ४ - साउदी अरेबियामा एक पाकिस्तानी नागरिकलाई हत्या गरेको अभियोगमा त्यहाँको अदालतले एक नेपालीलाई मृत्युदण्डको फैसला सुनाएको छ । मृत्युदण्डको फैसला सुनाईएका व्यक्ती उमेश यादव हुन् । उनको उमेर, घर ठेगाना लगायत अन्य कुनै विवरण खुलेको छैन ।

साउदीको विदेश मन्त्रालयले गम्भिर मुद्दामा परेका नेपालीको जानकारी रियालस्थित नेपाली दुतावासलाई दिने क्रममा उनलाई मत्युदण्डको फैसला गरेको थाह भएको हो । साउदीको विदेश मन्त्रालयले ५ दिन अघि अरबीक भाषामा पठाएको पत्रमा यादवको नाम थर र मृत्युदण्डको फैसला उल्लेख भएको दुतावासले जनाएको छ । यादवलाई कुन अदालतले कहिले फैसला गरेको हो भन्ने पनि मन्त्रालयको पत्रमा छैन ।

मृत्युदण्डको फैसला भएको जानकारी पाएपछि दुतावासले रियादस्थित पाकिस्तानी दुतावास र जेलमा बुझ्न थालेको जनाएको छ । घटनाबारे न परिवार, न कसैले जानकारी गरायो, राजदुत उदयराज पाण्डेले का अनुसार  मृत्यु दण्डको सजाय पाएका  यावदका परिवार पनि सम्पर्कमा आएका छैनन् ।
द्धितिय सचिब सागरप्रसाद फुयालले स्थानीय कर्मचारीबाट जानकारी पाए अनुसार यो हत्या घटना २ वर्ष अघि साउदीको पुर्वी भेग जुबेल भन्ने ठाउँमा भएको थयो । यादव अहिले रियादबाट ५ सय किमी भन्दा पर त्यही ठाउँको जुबेल कारागारमा छन् ।

‘हामीले यसबारे बुझेर मुद्दा कसरी अगाडी बढाउने योजना बनाउँदै छौं’ फुयालले भने–‘विदेश मन्त्रालयको पत्रमा यादवले पाकिस्तानीको हत्या गरेको भनेकोले पाकिस्तानी दुतावाससंग कुरा गरेर बुझ्न थालेका छौं ।’
                                                                                                                                        स्रोत :कान्तिपुर 

Posted by Butwalonline on 6:21 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "साउदी अरेबियामा एक नेपालीलाई मृत्युदण्डको फैसला"

Leave a reply