|

सहिदको नाममा स्मृती युवा क्ल्व गठन

दाङ,कार्तिक ६-सहिदको नाममा रुकुमको महत गाविसमा अदिसुध चमधारा स्मृती युवा क्ल्व गठन गरिएको छ ।

जनयुद्धको क्रममा शहिद हुनुभएका विभिन्न ११ जना शहिदको नामबाट क्लव गठन गरिएको हो ।

गाविसको वडानम्वर ५ र ६ का युवाहरुको सक्रियतामा १७ सदस्यीय युवा क्लव गठन गरिएको छ । क्लवको अध्यक्षमा रमेश विक, उपाध्यक्ष सतवहादुर बुढा, महासचिव दीपेन्द्र बुढा, सचिव सत्यप्रकाश बुढा र कोषाध्यक्षमा दिलकुमारी बुढा रहनुभएको छ ।

आफुले गर्ने गतिविधिलाई सहज बनाउन तथा मार्ग निर्देशनको लागि ७ जना संरक्षक, एक जना काननी र १५ सदस्यीय सल्लाहकार समिति पनि गठन गरिएको क्लवले जनाएको छ ।

क्लवले गाउाघरमा हुने सवै सामाजिक काममा युवाहरुलाई सहभागि गराउने क्ल्वका अध्यक्ष रमेश विकले बताउनुभयो ।

नेपाल मगर संघ जिल्ला कार्य समिति दाङको अध्यक्षमा रुद्र बुढा मगर सर्वसम्मतिले चयन हुनुभएको छ । संघको शनिवार तुलसिपुरमा सम्पन्न भएको आठौं जिल्ला अधिवेशनले २५ सदस्यिय नयाा कार्यसमिति चयन गरेको छ । नेपाल मगर सघका केन्द्रिय सदस्य तथा राप्ति अञ्चल संयोजक गुरुप्रसाद घर्ती मगरको अध्यक्षतामा भएको कार्यक्रममा वोल्ने वक्ताहरुले मगर जातिको हक अधिकार लागि मगर समुदायक एकजु्ट हुन पर्ने बताएका थिए ।

मगर जातिको भाषा, कला, संस्कृति, परम्परा मगरहरुले नै भुल्दै भएको भन्दै आफ्नो भाषा, कला, संस्कृती सवै मिली जोगाउनु पर्ने बताएका थिए अधिवेशनको उद्घाटन शत्रमा वोल्दै नेपाल मगर संघका केन्द्रिय सदस्य तथा मध्यपश्चिम उपाध्यक्ष नन्द बहादुर घर्ती मगरले मगर समुदायको उत्थानको निम्ति राज्य गम्भिर नभएको बताउनु भयो थियो । मगर समुदायलाई सरकारले हरेक क्षेत्रमा १ प्रतिशत कोटा दिने प्रतिबद्धता गरे पनि कार्यान्वयन नगरेको आरोप लगाउनु भयो । सो कार्यक्रममा नेपाल मगर सघका पुर्व केन्द्रिय सदस्यहरु एचवि थापा मगर, बलभद्र कुसारी मगर, नेपाल मगर विद्यार्थी सघका केन्द्रिय ससचिव देविका घर्ती मगर, नेपाल मगर बिद्यार्थी संघ राप्ती अञ्चल समन्वय समितका सचिव अमृत घर्ती मगर, नेपाल मगर महिला सघ दाङकी अध्यक्ष शान्ति सोमई थापा मगर, संघको उपाध्यक्ष सावित्रा राना मगर, पुर्व जिल्ल अध्यक्ष जित बहादुर बुढा मगर, नेपाल आदिवासी जनजाति महासघ दाङका अध्यक्ष तिलबहादुर पुन मगर, सघका वलबहादुर रोका मगर, तुलसीपुर गुम्वा समितिका अध्यक्ष राजकुमार श्रेष्ठ, तुलसीपुर उद्योग वाणिज्य सघका सदस्य सुमन कुमार पुन मन्तव्य व्यक्त गर्नुभएको थियो ।

Posted by Butwalonline on 9:40 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "सहिदको नाममा स्मृती युवा क्ल्व गठन"

Leave a reply