सुत्केरी व्यथाले मृत्यु खबर सुनेपछि श्रीमान्को पनि मृत्यु
पर्सा, कार्तिक ६ - जुम्ल्याहा छोरा जन्माउने क्रममा सुत्केरी व्यथाले श्रीमतीको मृत्यु भएको सुनेपछि श्रीमानको समेत हृदयाघातबाट ज्यान गएको छ ।
सूर्याहाकी सुगन्धीदेवीको सुत्केरी व्यथाले ज्यान लगेपछि उनका पति धुपन दासको पनि हृदयाघातबाट मृत्यु भएको हो । छोरी र ज्वाइँको मृत्युको खबर सुनेर वृद्ध ससुरा रामरतन गम्भीर बिरामी भएर वीरगन्जको नारायणी उपक्षेत्रीय अस्पतालमा उपचाररत छन् ।
सूर्याहास्थित घरबाट जेठमा माइत गएकी ३० वर्षीया सुगन्धीदेवीले बिहीबार बिहान ३ बजे घरमै एउटा छोरा जन्म दिइन् । प्रसव पीडा फेरि बढेपछि उनलाई बिरन्चीबर्वाको बर्थ सेन्टरमा भर्ना गरियो ।
त्यहाँ उनले बिहान १० बजे अर्को छोरा जन्माइन् । शरीर कमजोर र पेट फुल्न थालेपछि उनलाई सेन्टरले रक्सौलको डंकन अस्पताल लैजान सिफारिस गर्यो । तर त्यता लैजानेक्रममा बाटैमा उनको निधन भयो । उता, श्रीमती भेट्न वीरगन्जबाट बिहीबारै ससुराली पुगेका दासको दैलोमा पुग्नेबित्तिकै उनको अवस्थाबारे थाहा पाएपछि हृदयाघातबाट मृत्यु भयो ।
मृतक दम्पतीका नवजात जुम्ल्याहा शिशु, १० वर्षीय छोरा भिखारी, सात वर्षीया छोरी निभा र तीन वर्षीया छोरी संगीतासहित ५ छोराछोरी मामाघरमा आश्रित छन् । छोरीज्वाइँको मृत्युले परिवारमा ठूलो विपत्ति आएको सासू नगिया देवीले बताइन् । 'एकातिर एकै दिन छोरीज्वाइँ बितेको पीडा छ, अर्कोतिर वृद्ध पति अस्पतालमा भर्ना हुनुहुन्छ, त्यसमाथि नवजात जुम्ल्याहा शिशु र थप तीन नातिनातिनाको स्याहारसुसार गर्न समस्या छ,' उनले भनिन् । घटनापछि सूर्याहा गाउँ पूरै शोकाकुल छ । स्थानीय भागमती देवीले घटनाले सबैलाई मर्माहत बनाएको उल्लेख गरिन् ।

स्रोत :कान्तिपुर न्युज