|

बसलाई अर्को बसले ठक्कर दिँदा एकको मृत्यु, ११ घाइते

काठमाडौँ, कात्तिक १४ - काठमाडौँबाट गुडेको एउटा यात्रुवाहक बसलाई आज बिहान सवा २ बजे चन्द्रनिगाहापुरस्थित लामाहाजंगलमा नम्बर नखुलेको एउटा अर्को बसले ठक्कर दिएर भएको दुर्घटनामा एक महिलाको घटनास्थलमै मृत्यु भएको छ। घटनामा थप ११ जना घाइते छन्।

ना ४ ख ३६३३ नं.को बस ठक्करपछि सडकबाट तल खसी दुर्घटना भएको मध्य क्षेत्रीय प्रहरी कार्यालय हेटौडाले जनाएको छ।
घटनास्थलमा मृत्यु हुनेमा सप्तरीको पूर्व पिपरिया १ बस्ने वर्ष २८ की आनन्दी सरदार रहेकी छिन्। उनकी ८ महिनाको छोरी कुसुम सरदार, मोरङ लेटाङ ७ बस्ने वर्ष ४७ का हरिराज भण्डारी लगायत ११ जना घाइते छन्। उनीहरुलाई चन्द्रनिगाहापुर अस्पतालमा लगेकोमा ३ जनालाई थप उपचारका लागि काठमाडौँतर्फ पठाइएको छ।
बस चालक प्रहरी नियन्त्रणमा छन भने ठक्कर दिने बस अझै फरार छ।
                                                                                                                       स्रोत : नागरिक न्युज 

Posted by Butwalonline on 7:54 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "बसलाई अर्को बसले ठक्कर दिँदा एकको मृत्यु, ११ घाइते"

Leave a reply