|

थोरै समय मात्र निदाउनु हुन्छ भने सावधान

काठमाडौ, आश्विन १४ - पढाइ र कामकाजको चक्करमा राति ढिलो समय जागै रहनु हुन्छ, थोरै समय मात्र निदाउनु हुन्छ भने सावधान । एक अध्यनयको के दाबी गरेको छ भने यस्तो बानीले तपाईंलाई नशाको अम्मली बनाउन सक्छ अनि तपाइको व्यवहारसमेत उग्र र हिंस्रक हुन सक्छ ।

पि्रभेन्टिभ मेडिसिन जर्नलमा प्रकाशित सेन्टर फर डिजिज कन्ट्रोल एन्ड पि्रभेन्सनको नयाँ अध्ययनले आठ घन्टाभन्दा कम निद्रा लिने किशोरमा पर्याप्त निद्रा लिने किशोरको दाँजोमा सिगरेट र रक्सीको अम्मली बढी हुने तथ्य पत्ता लगाएको छ । यतिसम्म कि उनीहरु सामान्य कुरामा बारम्बार उग्र भएर मारपिट गर्न तम्सिन थाल्छन् । अमेरिकामा करिब १२ हजार किशोरमा गरिएको यो अध्ययनले ६८.९ प्रतिशत किशोर स्कुल खुला रहँदा आठ घन्टाभन्दा कम निद्रा लिने कुरा प्रकाशमा ल्याएको छ ।

अध्ययनअनुसार आठ घन्टाभन्दा कम सुत्ने किशोर मात्र सिगरेट र गाँजाजस्ता नशाको अम्मली छन् । उनीहरुमध्ये ५०.३ प्रतिशत किशोर दिनहुँ रक्सी खान्छन् । जब कि पूरा निद्रा लिने किशोरमा यसको प्रतिशत मात्र ३६.७ देखिएको छ । कम सुत्ने किशोर आफ्नो स्वास्थ्यको कम ख्याल राख्छन् । उनीहरु व्यायाम गर्दर्ैनन्, दिनहुँ तीन घन्टाभन्दा बढी समय कम्प्युटर अगाडि बसिरहन्छन् अनि सम्पूर्ण दिन आलस्य भएरै बिताउँछन् ।

अध्ययनले यस्ता किशोर स-साना कुरामा समेत धेरै उग्र र हिंस्रक हुन्छन् र सामान्य कुरामा पनि साथीभाइप्रति झगडालु व्यवहार देखाउँछन् । यस्तो स्वभावका किशारमा आत्महत्याको प्रवृत्ति पनि बढी हुने दाबी अध्ययनले गरेको छ । चिकित्सकीय मान्यताअनुरुप स्वस्थ रहनका लागि न्यूनतम आठ घन्टे निद्रा आवश्यक हुने तथ्यलाई यो अध्ययनले झन् बलियो बनाएको छ ।

मस्तिष्कको विकार

अम्मल (एडिक्सन) रक्सी, मादक पदार्थ, जुवा र यौनसँग जोडिनु कुनै व्यक्तिको सामान्य व्यवहार होइन । यो मस्तिष्कको एक किसिमको विकार हो । अमेरिकन सोसाइटी अफ एडिक्सन मेडिसिनले अम्मलको नयाँ परिभाषा दिएको छ, जुन ८० भन्दा बढी विशेषज्ञहरूको सहयोगले चार वर्षको खोजपछि निकालिएको हो ।

सोसाइटीका पूर्व अध्यक्ष डा. माइकल मिलर भन्छन्, 'अम्मल सामाजिक, नैतिक वा आपराधिक समस्या मात्र हुँदैन । यो मस्तिष्कको एउटा समस्या हो, जुन सबैमा लागू हुन्छ ।'

मिलरका अनुसार अम्मल सम्बद्ध कतिपय व्यवहार वास्तविक समस्या हुन्छन् र केही चाहिं आपराधिक कृत्य । तर, यो रोग मस्तिष्कसँग जोडिएको छ, मादक पदार्थसँग होइन ।

नयाँ परिभाषामा अम्मललाई प्राथमिक रोग भनिएको छ । यसको अर्थ, भावुकता वा मनोवैज्ञानिक समस्या वा अन्य कारणले कुनै पनि व्यक्ति अम्मली हुँदैन ।

Posted by Butwalonline on 9:49 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "थोरै समय मात्र निदाउनु हुन्छ भने सावधान"

Leave a reply