|

प्रधानमन्त्री भट्टराईले रेडियोबाट जनतासँग संवाद गर्ने

काठमाडौं, आश्विन १४ - प्रधानमन्त्री बाबुराम भट्टराईले जनताका चासो, अपेक्षा, गुनासो र सरोकारबारे जनतासँगै प्रत्यक्ष रुपमा रेडियो नेपालमार्फत संवाद गर्ने भएका छन् ।

आइतबार राति अङ्ग्रेजी समाचारपछि राष्ट्रिय प्रसारण रेडियो नेपालको केन्द्रीय स्टुडियोबाटै प्रधानमन्त्रीले जनतासँग प्रत्यक्ष अन्तरक्रिया गर्नुका साथै आफ्ना भावी योजनाबारे पनि जानकारी गराउनेछन् ।

‘जनतासँग प्रधानमन्त्री’ कार्यक्रममार्फत प्रधानमन्त्री र जनताबीच प्रत्यक्ष कुराकानीका निम्ति सोही समयमा रेडियो नेपालको फोन नम्बर ४२११७२१ अथवा ४२११७३६ मा फोन गर्न सकिने व्यवस्था मिलाइएको रेडियो नेपालका कार्यकारी निर्देशक तपनाथ शुक्लले जानकारी दिए ।

प्रधानमन्त्रीको अनुकूल समय पारेर सो कार्यक्रमलाई प्रत्येक महिना सञ्चालन गरिने रेडियो नेपालले जनाएको छ ।

स्रोत :कान्तिपुर न्युज

Posted by Butwalonline on 7:58 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "प्रधानमन्त्री भट्टराईले रेडियोबाट जनतासँग संवाद गर्ने"

Leave a reply