|

सिक्किममा इशारा

अनुशी फिल्म्सको व्यानरमा अरूण रेग्मी र उमा बेबीले निर्माण गरेको चलचित्र 'इशारा' हाल सिक्किममा प्रदर्शन भईरहेको छ । अगस्ट महिनाको १२ तारिख देखि सिक्किमको ग्याङगोङमा प्रदर्शन भईरहेको सो चलचित्रलाई दर्शकले अत्याधिक रूचाएको निर्देशक सबिर श्रेष्ठले बताए ।
सोमबारको शोमा दर्शकहरू धेरै उपस्थित भएपछि टिकट नपाएर हल्ल खल्ला गर्दा प्रहरीले लाठि चार्ज नै गर्नु परेको यि निर्देशकको भनाई छ । दर्शकहरूले अत्याधिक रूचाए पछि हौसिएकी निर्माता उमा बेबीले फिल्मीखबरसँग खुसी साट्दै चलचित्र राम्रो बनाई दिएकोमा सम्पूर्ण युनिटलाई यसै समाचार मार्फत धन्यवाद समेत दिएकी छिन् । साथै दर्शकको यस्तै भिड रहेमा करिब एक महिना चलचित्र प्रदर्शन हुने उनको भनाई छ ।
चलचित्र 'इशारा' को अधिकांश भाग सिक्किममा नै छायाँकन गरिएको र चलचित्रका निर्माता तथा नायिका उमा बेबी र नायक उत्तम प्रधान पनि सिक्किमकै भएकाले चलचित्रलाई दर्शकले रूचाएको अनुमान लगाईएको छ । सिक्किममा राम्रै सफलता पाएको सो चलचित्रले नेपालमा भने कतिको सफलता पाउने हेर्न बाँकि नै छ । यो चलचित्र नेपालमा पनि छिट्टै नै सार्वजनिक गरिंदै छ ।

बिशुद्व प्रेमकथामा आधारित रहेर निर्माण गरिएको उक्त चलचित्रमा शिबम् अधिकारीको कथा, महेश खड्काको संगीत, किरण खरेलको गीत, कमल राईको नृत्य र शिब ढकालको छायाँकन रहेको छ । चलचित्रमा रेखा थापा, उत्तम प्रधान, उमा बेबी र भुपेन चन्दको मुख्य भुमिका रहेको छ ।
साभार : फ़िल्मीखबर डटकम

Posted by Butwalonline on 11:14 PM. Filed under , . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "सिक्किममा इशारा"

Leave a reply