आफ्नै बाबुले २ वटी छोरीहरुलाई जिउँदै खोलामा फ्यालेर हत्या गरे
बाबुले खोलामा फालेर हत्यागरिएकी बालिकाहरु नमूना र नविना |
अपहरणमा परेका भनिएका छोरीहरु ८ वर्षीया नमुना र ६ वर्षीया नविनालाई बाबु कृष्ण तिवारी आफैंले हत्या गरेको पुष्टि भएको हो । प्रहरीले शुक्रबार पत्रकार सम्मेलन गरी बाबुद्वारानै दुवै छोरीको हत्या भएको जानकारी गराएको हो ।
घरको आर्थिक कारणले तिवारीले राति सवा दज बजे निजिकैको मोदिखोलाको पुलमा लगेर दुवै छोरीलाई जिउदं नदीमा फालेर हत्या गरेको प्रहरीसमक्ष बयान दिएका छन् । अपराध अनुसन्धान महाशाखा काठमाडौंबाट आएको एसपी शेरबहादुर बस्नेतको टोलीले घटनाबारे पत्ता लगाएको हो ।
अनुसन्धान जारी रहेकाले घटनामा अन्य अपराधीको पनि संलग्नता हुन सक्ने प्रहरीको आंशका छ ।
तिवारी इराक गएर फर्केका हुन् । उनकी श्रीमती भने इजरायलमा छन् । हाल तिवारीसँग जेठी छोरी छिन् ।
साभार:कान्तिपुर