|

उपस्वास्थ्य चौकिमा सुरक्षित प्रसुति सेवालिने महिलाहरुको संख्यामा वृद्धि

कृष्ण आचार्य,दैलेख,श्रावण २७ -दैलेखको चामुण्डा गा.वि.स.को उपस्वास्थ्य चौकि चामुण्डामा प्रसुति सेवा लिन आउने महिलाहरुको संख्यामा वृद्धि भएको छ । विगतका वर्षहरुमा घरमै सुत्केरी हुदाा महिलाहरुको अकालमा ज्यान जाने भएको ले हाल उपस्वास्थ्य चौकिमा प्रभावकारी प्रसुति सेवा उपलव्ध भएकोले उपस्वास्थ्य चौकिमा वच्चा जन्माउनेहरुको समयमा वृद्धि भएको हो ।

उपस्वास्थ्य चौकिमा सुत्केरी गराउने आउने महिलाहरुको संख्यामा वृद्धि भएपनि उपस्वास्थ्य चौकिमा वर्थिङ सेन्टर नहुदा प्रसुति हुन आउने महिलाहरुलाई उचित सेवा दिन नसकिरहेको मासिका टिका देवि कडेलले जानकारी दिनुभएको छ । आज मात्रै चार जना गर्भवति महिलाहरुले सुरक्षित प्रसुति सेवा लिएका छन् ।

Posted by Butwalonline on 2:08 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "उपस्वास्थ्य चौकिमा सुरक्षित प्रसुति सेवालिने महिलाहरुको संख्यामा वृद्धि"

Leave a reply