|

मोटरसाइकलबाट खोला तर्दा गयो ज्यान

गजेन्द्र बोहरा, दाङ साउन २१ - खोलाले बगाएर दाङमा एकजनाको मृत्यु भएको छ। दाङ घोराही नगरपालिका ६ फुर्सेखालीका ३२ वर्षीय खोपिराम अधिकारीको स्थानीयले कालाखोलाले बगाउँदा मृत्यु भएको हो। शुक्रबार राति घोराहीबाट तुलसीपुर जानेबेला खोलामा आएको बाढीले उनलाई बगाएको थियो।मोटर साइकलबाट खोला पार गर्ने क्रममा बाढीले बगाएको प्रहरीले जनाएको छ। मोटरसाइकलमा रहेका अर्का बामदेव पौडेल भने सकुशल छन्। दाङको लमही तुलसीपुर सडकखण्डमा पर्ने करिब एक दर्जन खोलाहरुमा पुल छैनन्। जसले गर्दा बाढीले वर्षेनी ती खोलाहरुमा दुर्घटना भइरहन्छन्।
साभार :नागरिक न्यूज 

Posted by Anonymous on 8:02 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "मोटरसाइकलबाट खोला तर्दा गयो ज्यान"

Leave a reply