नेपाली युवा क्रिकेटरको तेस्रो जीत
काठमाडौ, श्रावण १६ - नेपाली युवा क्रिकेटरले आइसीसी यु–१९ विश्वकप छनोट क्रिकेटमा सोमबार जित हात पारेका छन् ।
राउन्ड रोविन लिगमा तेस्रो जित हात पार्ने क्रममा नेपाली टिमले आयरल्यान्डको डब्लीनमा भानुआतुमाथि १सय ५९ रनको जित हात पार्यो ।
टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ४९ ओभर ३ बलमा अलआउट हुदै २ सय ५० रनको लक्ष्य तयार पार्यो । नेपाली दुई ब्याट्सम्यान सागर पुन र नरेश बुढाऐरले अर्धशतक प्रहार गरे । सागरले ५१ तथा नरेशले ५० रन जोडे ।
प्रत्युत्तरमा भानुआतु नेपाली बलरसामु टिक्न सकेन । राहुल विश्वकर्माले सर्वाधिक ४ विकेट लिएपछि भानुआतु ३० ओभर ५ बलमा ९१ रनमा समेटियो ।
अव बुधबार नेपालले क्यानडाको सामना गर्ने छ ।
साभार:कान्तिपुर