माओवादीका थप मन्त्रीले पनि राजीनामा दिए
काठमाडौं, श्रावण १४ - माओवादीका राजीनामा दिन बाँकी चार मन्त्री र चार राज्यमन्त्रीले पनि शनिबार राति राजीनामा दिएका छन् ।
अपरान्ह स्थायी समितिको निर्णयअनुसार माओवादी मन्त्रीको राजीनामा अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री झलनाथ खनाललाई बुझाएका हुन् ।
पार्टीले पठाएका १२ मन्त्री र सोही संख्याका राज्यमन्त्रीलाई प्रधानमन्त्रीले शपथ नखुवाएपछि माओवादीले राजीनामा बुझाउन बाँकी मन्त्रीलाई फिर्ता गराउने निर्णय गरेको थियो ।
प्रधानमन्त्रीले शनिबार पनि अध्यक्ष दाहाललाई हतारमा गरिएको निर्णय पुनर्विचार गर्न आग्रह गरेका थिए । दाहालले भने शपथ खुवाउन नसक्ने अवस्थामा पार्टी निर्णय परिवर्तन नगर्ने अडान लिएको स्रोतले बताएको छ ।
माओवादीले पार्टी अल्टिमेटम पूरा नगरे आइतबारदेखि सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ । निर्णय कार्यान्वयन भए खनाल सरकार आइतबारदेखि नै अल्पमतमा पर्ने छ ।
प्रधानमन्त्रीले भने सरकारमा रहेका चार मन्त्री र तीन राज्यमन्त्रीको राजीनामासमेत लिएर बालुवाटार पुगेका दाहाललाई मनाउने प्रयास गरेका थिए ।
प्रधानमन्त्रीले दाहाललाई भेट्नुअघि बालुवाटारमै माओवादी बरिष्ठ उपाध्यक्ष मोहन वैद्यलाई भेटेका थिए ।

Source:Kantipurnews