नेपाल जोर्डन संग ९-० गोलले पराजित
काठमाडौँ, साउन ७ - विश्वकप छनोट दोस्रो चरणको पहिलो लेगमा नेपाली टोली जोर्डनविरुद्ध अपेक्षा गरिएभन्दा विपरीत पहिलो हाफमै चार गोलले पछि परेको छ। जोर्डनको अम्मान रंगशालामा अवे खेलका रुपमा खेलिरहेको नेपालविरुद्ध जोर्डनका लागि सातौ मिनेटमा मेहमुद हसनले उत्कृष्ट हेडमा गोल गर्दै खाता खोलेका थिए।
नेपाली रक्षकहरुले निगरानीमा राख्न नसक्दा उनले सहज गोल गरेका थिए। जोर्डनका लागि दोस्रो गोल २० औ मिनेटमा खालिल अमेरले दुई रक्षक तथा गोलकिपर किरण चेम्जोङलाई कटाएर गरेका थिए।
३१ औ मिनेटमा अमेरकै क्रसमा इब्राहिम अहमदले हेडमा गोल गर्दै अग्रता तीन गोलले फराकिलो पारे। पहिलो हाफको अन्ततिर नेपालले खेलमा केही सुधार गरेपनि इन्जुरी समयमा अर्को गोल खादा टोलीको आशा थप पातलियो। एक मिनेट थप गरिएको इन्जुरी समय सकिनै लाग्दा सलिम अव्दुल्लाहले गोल गरेका थिए।
आज नेपालको पहिलो रोजाइका खेलाडीका रुपमा किरण चेम्जोङ, सागर थापा, रोहित चन्द, सन्दीप राई, विकास सिंह क्षेत्री, विराज महर्जन, निराजन खड्का, भोला सिलवाल, शिव श्रेष्ठ, अनिल गुरुङ र जुमानु राई रहेको नेपाली टिमका मिडिया म्यानेजर सन्जीव शिल्पकारले जनाएका छन्।
NagarikNews
