|

नेपालको लज्जास्पद पराजय जोर्डन- ९ नेपाल- ०


काठमाडौं, श्रावण ८ - एसियाली विश्वकप छनोटको दोस्रो चरण अन्तर्गत शनिबार राति जोर्डनमा भएको पहिलो लेगमा नेपालले लज्जास्पद पराजय व्यहोरेको छ । अम्मान रंगशालामा राति अबेर सकिएको खेलमा नेपाल जोर्डनसँग ९ गोलले पराजित भएको हो । 
जोर्डनको जीतमा खेलको सातौं मिनेटमै मोहमद हसनले हेडबाट उत्कृष्ट गोल गरी खाता खोलेका थिए । उनले खेल अवधिभर ४ गोल गरे । हसनले सातौं, ७४ औं, ८४ औं र ९३ औं मिनेटमा गोल गरे ।
जोर्डनकै खालिल अमेरले २० औं र ५६ औं मिनेटमा गोल गरे भने अहमद हायलले ३१ औं र ६४ औं तथा सलिम अब्दुल्लाहले गोल ४६ औं मिनेटमा गोल गरे । 
फराकिलो पराजयसँगै करिव करिव नेपालको अघिल्लो चरणको यात्रा समाप्त हुने देखिएको छ । बिहीबार काठमाडौंस्थित दशरथ रंगशालामा हुने खेलमा नेपालले कम्तिमा १०-० ले पराजित गर्नुपर्नेछ । त्यो नेपालका लागि अत्यन्तै कठीन छ ।

खेलमा नेपाल बराबरीको नजिता ल्याउने योजनामा थियो । योजनाकार बेलायती नेपाली प्रशिक्षक ग्राहम्स् रोबर्टसले गरेको प्रयास पनि साकार हुन सकेन । नेपालले पाँच डिफेन्डरसहित रक्षात्मक टिम बनाएको थियो । 
नेपाली टिममा गोलकिपर किरण चेम्जोङ, सागर थापा, रोहित चन्द, सन्दीप राई, विकाससिंह क्षेत्री, विराज महर्जन, निराजन खड्का, भोला सिलवाल, शिव श्रेष्ठ, अनिल गुरुङ र जुमनु राई थिए ।
यसअघि एसियाली विश्वकप छनोटका लागि दशरथ रंगशालामा भएको दुवै खेल नेपालले जीतेको थियो ।  

Source:Kantipurnews

Posted by Butwalonline on 9:21 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "नेपालको लज्जास्पद पराजय जोर्डन- ९ नेपाल- ०"

Leave a reply