आयोजक लिस्नु युवा क्लब, रातो विजयी

राजु भट्टराई
भाद्र ०६, कोटिहवा
रmपन्देहीको कोटिहवामा स्थानिय लिस्नु युवा क्लबको आयोजनामा गत भाद्र ०३ गते देखि सञ्चालित ११औँ लिस्नु कप नकआउट फुटबल प्रतियोगिता अन्तर्गत आज सम्पन्न चौथो दिनको खेलमा पक्लिहवा ११, पक्लिहवा विजयी भएको छ । प्रतिद्धन्दि फर्सटिकर युवा क्लब, फर्सटिकरलाई लाई शून्य का विरmद्ध ४ गोलले पराजित गर्दै पक्लिहवा ११ दोसा्रे चरणमा प्रवेश गरेको हो ।
आज सम्पन्न खेलको पहिलो हाफ सम्म ३ र ० को स्थिती थियो । खेल सुरm भएको दोस्रो मिनेट बित्न नपाउँदै विजयी टिमका कप्तान अतित थापाले गोल गर्दै खेललाई १ र ० को स्थितीमा पुर्याएका थिए ।
त्यसपछि, खेलको ३०औँ मिनेटमा पक्लिहवा ११ कै उत्तम थापाले पुन गोल थपेका थिए भने त्यसको १ मिनेट पछि नै पुन पक्लिहवावmै टिम कप्तान अतित थापाले गोल गर्र्दै पहिलो हाफको समाप्ति संगै खेललाई ३ र ० को स्थितीमा पुर्याएका थिए । त्यसपछि, दोसा्रे हाफको ३३औँ मिनेटमा पुन अतित थापाले गोल गरेर आफनो हेट्रिक पूरा गर्दै आफनो टिमलाई विजयी बनाउन सफल भए । यससँगै उनी प्रतियोगितामा हेट्रिक गर्ने तेसा्रे खेलाडी बनेका छन् ।
भोलि हुने प्रतियोगिताको पाँचौ खेलमा १०औँ लिस्नु कपमा सेमिफाईनल सम्मको यात्रा तय गरेको नवयुवा खेलकुद तथा सांस्कृतिक परिवार, ठुटिपिपल, रmपन्देही र युनाईटेड क्लब, केउलानी, रmपन्देही भिड्ने आयोजकले जानकारी दिएको छ । खेल स्थानिय पशुपति उच्च मा.वि.को खेल मैदानमा दिनको ठीक ४ बजे पछि सुरm हुने छ । रmपन्देही र कपिलवस्तुका गरी कुल २३ टिमको सहभागिता रहेको प्रभियोगिताको विजेताले नगद ५१,००० र उप विजेताले नगद २५,५०० प्राप्त गर्नेटन् । प्रतियोगिता आगामी भाद्र २६ गते सम्म सञ्चालन हुने छ ।

11:56 AM | Posted in , , | Read More »

नेपाल जोर्डन संग ९-० गोलले पराजित

काठमाडौँ, साउन ७ - विश्वकप छनोट दोस्रो चरणको पहिलो लेगमा नेपाली टोली जोर्डनविरुद्ध अपेक्षा गरिएभन्दा विपरीत पहिलो हाफमै चार गोलले पछि परेको छ। जोर्डनको अम्मान रंगशालामा अवे खेलका रुपमा खेलिरहेको नेपालविरुद्ध जोर्डनका लागि सातौ मिनेटमा मेहमुद हसनले उत्कृष्ट हेडमा गोल गर्दै खाता खोलेका थिए।
नेपाली रक्षकहरुले निगरानीमा राख्न नसक्दा उनले सहज गोल गरेका थिए। जोर्डनका लागि दोस्रो गोल २० औ मिनेटमा खालिल अमेरले दुई रक्षक तथा गोलकिपर किरण चेम्जोङलाई कटाएर गरेका थिए।
३१ औ मिनेटमा अमेरकै क्रसमा इब्राहिम अहमदले हेडमा गोल गर्दै अग्रता तीन गोलले फराकिलो पारे। पहिलो हाफको अन्ततिर नेपालले खेलमा केही सुधार गरेपनि इन्जुरी समयमा अर्को गोल खादा टोलीको आशा थप पातलियो। एक मिनेट थप गरिएको इन्जुरी समय सकिनै लाग्दा सलिम अव्दुल्लाहले गोल गरेका थिए।
आज नेपालको पहिलो रोजाइका खेलाडीका रुपमा किरण चेम्जोङ, सागर थापा, रोहित चन्द, सन्दीप राई, विकास सिंह क्षेत्री, विराज महर्जन, निराजन खड्का, भोला सिलवाल, शिव श्रेष्ठ, अनिल गुरुङ र जुमानु राई रहेको नेपाली टिमका मिडिया म्यानेजर सन्जीव शिल्पकारले जनाएका छन्।
NagarikNews

8:06 PM | Posted in | Read More »

ताजा अपडेट

तपाईंका प्रतिक्रियाहरु