|

मतदाता नामावलीका सबै कागजात डढेर नष्ट

खगेन्द्र अधिकारी, ताप्लेजुङ, असार ३०- फोटोसहितको मतदाता नामावली संकलन कार्यका लागि याङरुप क्षेत्रमा पुगेको टोली बसेको घरमा आगलागी हुँदा ताप्लेजुङका ५ गाविसमा फेरि संकलन कार्य गर्नुपर्ने भएको छ। 

आगलागीमा संकलन कार्यमा प्रयोग हुँदै आएको एउटा ल्यापटप, १७ सय वटा नामावली अभिलेख र त्यसमा प्रयोग हुने कागजात तथा सिडी समेत डढेका छन्।
"जुन घरमा हामी बस्यौं, त्यहाँ शुरुदेखि नै भीडभाड थियो, दुर्भाग्य राति घटना भएछ,"मतदाता नामावली संकलन कार्यमा खटिएका टोली प्रमुख दुर्गाप्रसाद पौडेलले बताए।
उनका अनुसार राति पौने २ बजेतिर सो घटना भएको हो। ४ वटा गाविस क्रमश पेदाङ, मामांखे, याम्फुदिन र खेवाङको मतदाता नामावली संकलन कार्य सकेर सुरुम्खिम गाविसका केहि भागमा समेत संकलन कार्यको पहिलो चरण समाप्त गरेको मतदाता नामवली संकलन कार्यका सबै अभिलेख डढेका छन्।
रातको घटना भएकोले मतदाता नामावली संकलन कार्यमा खटिएका ६ जना र सो घरका बस्ने कसैले पनि केही बचाउन नसकेको पनि पौडेलले जानकारी दिए।
यता जिल्ला निर्वाचन कार्यालयका प्रमुख बुद्धिमान कार्कीले घटना बाट कार्यालयका सबै सामाग्री जलेको बताउँदै सो क्षेत्रमा फेरि मतदाता नामावली संकलन कार्य गर्नुपर्ने जानकारी दिए। उनले आजै जिल्ला निर्वाचन समन्वय समितिको बैठक बसेर के गर्ने भन्ने बारेमा थप निर्णय गर्ने जनाउ पनि दिए।
Source:nagariknews

Posted by Butwalonline on 7:32 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "मतदाता नामावलीका सबै कागजात डढेर नष्ट"

Leave a reply