|

दाजुले चलाएको टयाक्टरले ठक्कर दिंदा भाइको मृत्यु

नेपालगन्ज, अषाढ २६ - बाँकेको कोहलपुर चपरगौडी नजिकै दाइले चलाएको टयाक्टरले ठक्कर दिंदा भाइको घटनास्थलमै मृत्यु भएको छ ।

आइतबार दिउँसो कोहलपुरबाट खड्बार तिर गइरहेको भे १ त १६२५ नम्बरको टयाक्टरले ठक्कर दिंदा कोहलपुरका ३५ बर्षीय गगन पुरीको मृत्यु भएको हो । उक्त टयाक्टर गगनका दाजु डिल्लीराम पुरीले चलाएका थिए ।

कोहलपुर इलाका प्रहरी कार्यालयले भाईको मृत्यु पछि दाजुलाई नियन्त्रणमा लिएको छ । गिटी ढुवानी गरी मजुदुरीका लागि दाजुभाइ एउटै टयाक्टरमा काम गर्दै आएका थिए ।

कोहलपुर इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक बिचित्र शाहले ट्रयाक्टरको ट्रलीले झड्का दिंदा भाइको मृत्यु भएको बताएका छन् ।
source:kantipurnews



Posted by Butwalonline on 9:11 PM. Filed under , . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "दाजुले चलाएको टयाक्टरले ठक्कर दिंदा भाइको मृत्यु"

Leave a reply