|

दिउँसो आफ्नै घरमा एक महिलाको हत्या

प्यूठान , अषाढ २६ - प्यूठान बादीकोट-३ खर्रेपानीकी ६२ वर्षीया चेता खड्काको आइतबार दिउँसो आफ्नै घरमा हत्या भएको छ ।

हत्याराको पहिचान हुन सकेको छैन । सेतो टिसर्ट र खैरो पाइन्ट लगाएको एक व्याक्तिले लखेटी-लखेटी हत्या गरेको एक प्रत्यक्षदर्शीले बताए ।

खड्काको टाउकोमा गंम्भीर चोट लागेको छ । हत्याराले घर भित्र हत्या गरी घर अगाडिको मलखातमा फालिदिएका छन् ।

घटनाको अनुसन्धानका लागि प्रहरी घटना स्थलतर्फ प्रहरी चौकी मच्छिबाट जाँदै गरेको प्यूठान प्रहरी प्रमुख डिल्लीराज पन्तले बताए । घटनाको थप विवरण आउन बाँकी छ ।


Source:kantipurnews

Posted by Butwalonline on 9:07 PM. Filed under , . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "दिउँसो आफ्नै घरमा एक महिलाको हत्या"

Leave a reply

ताजा अपडेट

तपाईंका प्रतिक्रियाहरु