गजल
नजिक आउ चिनजान गरौं पिरतीको गित गांउला
दुवैको मन् मिल्यो भने जुगै जाने माया लांउला।
आफ्नै तन् आफ्नै मन् एक अर्कालाई सुम्पिएर
तिम्रो मेरो माया मा नै सारा यो संसार पांउला।
घर जम् हामी गरेपछि वावा आमा भेट्न भन्दै
माइती घरमा दुवै जना हात समाउदै संगै जांउला।
सोंच्नु पर्छ सधै हामी सुख दु:ख वरावरी
एकै छाक भए पनि हांसी खुशी रमाई खांउला।
लेक चढ्दा वेशी झर्दा झर्को कहिलै नमानेर
यो मन् संग त्यो मनको स्पर्श गर्दै धांउला।
यो समाज मा हाम्रो जोडी नमुना वनाएर
हामी दुई सवैको मन मुटु भित्र छांउला।
२०६७/०८/१५
अशोक गौतम क्षितिज