|

झाडापाखलाले तीनको मृत्यु ४० बढी बिरामी

टेकनरायण भट्टराई, पाल्पा, असार २६- पूर्वी पाल्लाको गाल्धा गाविसमा झाडापखालाबाट तीन जनाको मृत्यु भएको छ भने ४० भन्दा बढी बिरामी परेका छन्। मृत्यु हुनेमा गल्धा-२ खड्ग डाँडाका हस्तबहादुर बयम्बु, जगत बयम्बु र गल्धा-८ बेला डाँडाका एकको भने नाम खुल्न सकेको छैन। बिरामीहरुको स्थनीय स्वास्थ्य चौकी तथा निजी क्लिनिकमा भर्ना गरिएका छन्।

यतिको संख्यामा बिरामी पर्नुको कारण औंल्याउँदै त्यस क्षेत्रमा हैजा फैलिएको अनुमान जिल्ला जनस्वास्थ्य प्रमुख महेन्द्रध्वज अधिकारीको छ। उनले चाँडै नै त्यस क्षेत्रमा स्वास्थ्य टोली पठाउन लागेको बताए।
सदरमुकामबाट करिब ६० किमी पूर्वमा रहेको उक्त गाविसमा जान कठिनाई भएको अधिकारीको भनाई छ।
Source:nagariknews

Posted by Butwalonline on 9:18 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "झाडापाखलाले तीनको मृत्यु ४० बढी बिरामी"

Leave a reply