|

नदीले बगाउँदा गैंडाको मृत्यु

रमेशकुमार पौडेल, चितवन, असार ३०- नदीले बगाउँदा चितवन निकुञ्ज्को एउटा भाले गैंडाको निधन भएको छ। नवलपरासीको त्रिवेणी नजिक बिहीबार बिहानै मृत अवस्थामा फेला परेको गैंडाको खाग र खुर भने सुरक्षित रहेको निकुञ्ज कार्यालय कसराले जनाएको छ बुढो र असक्त अवस्थामा रहेको सो गैंडा नारायणी नदीको बाढीले बगाउँदा मरेको निकुञ्जका अधिकारीले जानकारी दिएका छन्। चितवन निकुञ्ज दुर्लभ एक सिंगे गैंडाको मुख्य वासस्थान हो। केही समयअघि सम्पन्न गैंडा गणनामा चितवनमा ५ सय ३ सहित नेपालभरि ५ सय ३४ वटा गैंडा छन्।
Source:Nagariknews


Posted by Butwalonline on 4:43 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "नदीले बगाउँदा गैंडाको मृत्यु"

Leave a reply