|

खुकुरी प्रहार गरी व्यवसायीको हत्या

दाङ, अषाढ २९ - दाङमा खुकुरी प्रहार गरी एकजना व्यवसायीको हत्या भएको छ । जडिबुटी व्यवसायका लागि दाङ आएका रुकुम पोखरा गाविस ६ निवासी २७ वर्षीय टेक बहादुर घर्तीको हत्या भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
घर्तीको शव बुधबार बिहान दाङको नारायणपुर गाविस ४ दक्षिण अम्राइमा फेला परेको थियो । उनको टाउकोमा खुकुरी प्रहार भएको प्रहरीले जनाएको छ । घटनास्थलबाट प्रहरीले एकथान खुकुरी ब्रामद गरेको छ ।
 हत्यामा संलग्न भएको आशंकामा प्रहरीले एक मीहला सीहत तीन जनालाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेहरुमा घर्तीसँगै जडिबुटी व्यवसायमा आएका रुकुम पोखराकै दलबहादुर बुढा, सुरेन्द्र रोका र कुलबीर बुढा रहेका छन् । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका डिएस्पी मोहन पोखरेलले बताए ।
घर्तीको शवलाई अहिले पोष्टमार्टमका लागि राप्ती उपक्षेत्रीय अस्पताल घोराहीमा ल्याइएको छ ।  आर्थिक लेनदेनको कुरामा विवाद भएपछि हत्या भएकोे हुनसक्ने प्रहरीले आशंका गरेको छ ।
source:Kantipurnews

Posted by Butwalonline on 1:48 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "खुकुरी प्रहार गरी व्यवसायीको हत्या"

Leave a reply