बम विस्फोटमा एक सर्वसाधारण घाइते
२९ असार, पर्सा । पर्साको अमरपट्टीमा बुधबार बिहान बेवारिसे बम विष्फोट हुँदा एक सर्वसाधारण घाइते भएका छन् ।
बिहान साढे ५ बजेतिर अमरपट्टी गाविस-६ प्रेसरकुकर बम विष्फोट हुादा स्थानीय प्रेम चौरसिया घाइते भएको प्रहरीले जनाएको छ । घाइते चौरसियाको वीरगन्ज उपक्षेत्रिय अस्पतालमा उपचार भइरहेको छ ।
यसैबीच सुनसरीको इटहरीमा पनि बम फेला परेको छ । इटहरी-८ कलंकीचोकमा फेला परेको प्रेसरकुकर बम नेपाली सेनाको बम डिस्पोजल टोलीले निष्कृय पारेको प्रहरीले जनाएको छ । मंगलबार पनि सुनसरी र उदयपुरका छुट्टाछुट्टै ४ स्थानमा बम फेला परेका थिए ।
Source:onlinekhabar