|

अनुमतिबिना सञ्चालित ६ निजी विद्यालय खारेज

विराटनगर, अषाढ १९ - जिल्ला शिक्षा कार्यालय मोरङले अनुमति बिना सञ्चालन ६ निजी विद्यालयलाई खारेज गरी ५१ लाई कारबाही गरेको छ ।
कारबाही गरिएका विद्यालयलाई एकसाता भित्रमा अनुमनिबिना सञ्चालन गरिएका कक्षा वन्द गर्न पत्र काटेको छ । कार्यालयले वाहुनीको ज्ञानोदय अंग्रेजी स्कुल र वाहुनीकै एभरग्रीन स्कुललाई बन्द नै गरेको छ ।
त्यसैगरी जाँतेको सुनगाभा उच्च माविको प्राथामिक तह, भौडाहाको चन्द्र मेमोरियल, मधुमल्लाको ग्रीनल्याण्ड इङ्लीस स्कुल, मधुमल्लाकै क्लासिक वोर्डिङ स्कुललाई खारेज गरेको छ ।
अन्य ५१ विद्यालयले अनुमतिविना थप कक्षा सञ्चालन गरेको पाइएकाले ती विद्यालयलाई एकसाता भित्रमा थप कक्षा बन्द गरेर विद्यार्थीलाई अनुमति लिएर सञ्चालित अन्य विद्यालयमा सार्न पत्राचार गरिएको मोरङमा निजी विद्यालय हेर्ने शिक्षा कार्यलयका विद्यालय निरीक्षक मोहन पौडेलले वताए । बन्द, खारेज र कारबाही गरिएका विद्यालयमा करिव ७ हजार वालवालिका अध्ययनरत रहेको शिक्षा कार्यलयको प्रारम्भिक अनुमान छ ।
Source:KantipurNews

Posted by Butwalonline on 3:19 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "अनुमतिबिना सञ्चालित ६ निजी विद्यालय खारेज"

Leave a reply